पचली भैरव गुठीमा बनेका अवैध संरचना भत्काइए

तस्बिर : इलिट जोशी

काठमाडौँ — राजधानीको टेकुस्थित पचली भैरव गुठीको जग्गामा रहेको ऐतिहासिक पोखरी अतिक्रमण गरि बनाएका संरचना शनिबार भत्काइएकाे छ । महानगरकै मिलेमतोमा बिना नक्सापास अनाधिकृत रुपमा निर्माण हुँदै गरेका संरचना गुठियार, सम्पदाप्रेमी र स्थानीय मिलेर भत्काएका हुन्।

प्रकाशित : श्रावण ४, २०७६ १३:१८

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सिद्धार्थ राजमार्ग फेरि भासियो

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ भुतखोला नजिक शुक्रबार राति पुनः सडक भासिएको छ । करिब ८० मिटर सडक भासिदा सवारी साधन एकतर्फी सञ्चालन गर्नुपर्ने अवस्था आएको स्थानीय विष्णुप्रसाद पाण्डेयले जानकारी दिए ।  

दुई वर्षअघि नै केही भागमा भासिन सुरु भएको थियो। गतवर्षको वर्खामा झण्डै २ मिटरको गहिराईमा राजमार्ग भासिएको थियो। त्यसपछि केही भाग काटेर यातायात सुचारु गरेको थियो।

‘एक मिटर जति उचाइँमा ग्राभेल राखेपछि मात्र गतवर्ष एकतर्फी यातायात सञ्चालन गर्न सकिएको हो,’ सडक डिभिजनका इन्जिनियर सौजन्य नेपालले भने, ‘पुनः भाँसिए पनि मिलाउन सकिन्छ।’

प्रकाशित : श्रावण ४, २०७६ ११:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×