मेसिनबाटै रोपाइँ [तस्बिरहरु]

रमेशकुमार पौडेल

चितवन — असार १५ का दिन आइतबार राष्ट्रिय धान दिवस मनाउने कार्यक्रममा पश्चिम चितवनको दिब्यनगरमा बिहानैदेखि स्थानीयको जमघट थियो । धान रोप्ने भनेपछि हली, खेतला बाउसे जहाँ पनि जुट्छन् । पछिल्लो समय खेत जोत्न हलो र गोरुभन्दा ट्रयाक्टर लगाउने चलन बढ्दो छ । तर रोप्ने तरिका प्राय पुरानै छ । बीउ गोड्यो, मुठा पार्‍यो अनि हिल्याएको खेतमा लगेर रोपाहाराहरु लहरै भएर रोप्यो ।


प्रकाशित : असार १५, २०७६ १५:४८

धान दिवस मनाउन दिब्यनगरमा भेला भएकाहरुले अल्लि फरक दृश्य देखे । त्यहाँ पनि हलो र ट्रयाक्टर त थियो नै तर रोप्ने तरिका फरक थियो । यो पटक मेशिनबाट सुरु भएको रोपाइँ हेर्न पाउँदा स्थानीयले अनौठो माने । तीन हप्ताअघि रोपेको बीउ मेशिनमा राखेर रोपाइँ भएको थियो । बीउ पनि परम्परागत ब्याडमा नभएर ट्रेमा राखिएको थियो । ट्रेको बीउ मेशिनमा राखेर रोपाइँ गरेको दृश्य प्रायलाई नौलो थियो ।

यसरी रोपाइँ सुरु भएको नयाँ घटना नै भने हैन । चितवनमै पनि ठाउँ ठाउँमा पाँच छ वर्षअघि यसरी रोप्ने गरेको दृश्यहरु फाट्टफुट्ट देखिन्थे । तर दिब्यनगरका दयानिधी र नरेन्द्र दवाडी दाजु भाइले धान रोपाइँमा आधुनिक औजार उपकरणको प्रयोग गर्ने निश्चय गरेर यो प्रविधि अंगालेका हुन् । धान काट्न पनि मेशिन नै प्रयोग गर्ने दवाडी दाजुभाइको भनाइ छ ।

सरकारी निकाय कृषि ज्ञान केन्द्र चितवन कार्यालयका प्रमुख सुधिर श्रेष्ठ धान खेतीमा औजार उपकरणको उपयुक्त रुपमा प्रयोग गरे उत्पादन दोब्बर हुने सम्भावना हुन्छ । यसले लागतमा पनि कमी ल्याउँछ । त्यसैले कार्यालयले यस्ता औजारको उपयोग बढाउन अर्थात यान्त्रिकीकरणलाई कार्यालयले जोड दिएको उनले बताए ।

प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपति ट्रम्पले टेके उत्तर कोरियामा पाइला

रोयटर्स

सियोल — डोनाल्ड ट्रम्प उत्तर कोरियाली भूमिमा पाइला राख्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । आइतबार राष्ट्रपति ट्रम्पले दुई कोरियाको सीमाना छुट्टाउने सैनिक रहित क्षेत्रमा कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गरेका हुन् । गत फेब्रुअरीमा यी दुई नेताबीच कोरियाको आणविक कार्यक्रमको विषयलाई लिएर शिखर सम्मेलन भएको थियो ।

राष्ट्रपति ट्रम्प र नेता किमले दुई कोरियालाई छुट्याउने क्षेत्रमा उभिएर हात मिलाएका थिए। किमसँग भेटवार्ता गरे लगत्तै ट्रम्पले सैनिकरहित क्षेत्रबाट उत्तर कोरियामा पाइला टेकेका थिए।

'यो विश्वको लागि ठूलो दिन हो र मेरा लागि पनि यहाँ आउनु गर्वको कुरा हो। ' राष्ट्रपति ट्रम्पले भने, 'धेरै ठूला कार्यहरु भइरहेका छन्। ' किमसँग भेट्नुअघि राष्ट्रपति ट्रम्प र दक्षिणी कोरियाली राष्ट्रपति मुनले अमेरिकी र दक्षिणी कोरियाली अधिकारीहरुसँग केहीबेर छलफल गरेका थिए।

यसअघि ट्रम्पले ट्विट गर्दै तेस्रो शिखर सम्मेलनका लागि आमन्त्रण गर्दै किमसँग भेट्न ज्यादै उत्सुक रहेको बताएका थिए।'हेरौँ अब के हुन्छ ' सोलमा व्यापारीहरुसँग कुरा गर्दै ट्रम्पले भने, ' एउटा ह्यान्डसेक भनेको धेरै हो। '

यी दुई नेताबीच सन् २०१८मा पहिलोपटक भेटवार्ता भएको थियो। पहिलो वार्ता फलदायी रहेको बताइएपनि दोस्रो शिखर सम्मेलन बिना निष्कर्ष टुंगिएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उनीहरु दुईबीच भएको पछिल्लो वार्ता बिना कुनै निष्कर्ष टुंगिएसँगै सम्बन्ध केही चिसिएको थियो। सम्बन्ध चिसिएपनि दुई नेताबीच चिठ्ठी आदनप्रदान भने भइरहेको थियो।

ट्रम्पसँग भेट्नुअघि किम निर्धारित समयमा नै उक्त स्थानमा आइपुग्नेमा अन्यौल रहेको सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रकाशित : असार १५, २०७६ १४:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्