यसरी सम्झिइयो मातातीर्थमा आमालाई [फोटोफिचर]

अनिश रेग्मी

काठमाडौँ — चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन (मातातीर्थ औँसी)का दिन यहाँ मेला लाग्ने गर्दछ । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ ।

प्रकाशित : वैशाख २१, २०७६ ११:२२

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

उत्तरप्रदेशमा निर्वाचन : नेपाल–भारत सीमा ४८ घण्टा बन्द हुने

कमल पन्थी

बर्दिया — भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर राख्दै शनिबार बेलुकी छ बजे देखि ४८ घण्टा नेपाल-भारत सीमा बन्द हुने भएको छ ।

सुरक्षालाई ध्यानमा राख्दै बर्दियासँग जोडिएको करिब ८७ किलोमिटर सीमा सोमबार साँझसम्म बन्द गरिने स्थानीय प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले दुवै मुलुकका अधिकारी बीच भएको सहमति अनुसार लोकसभा निर्वाचनलाई ध्यान राख्दै सीमा बन्द गर्न लागेको जनाए। बर्दियासँग जोडिएको भारत उत्तरप्रदेश राज्यको बहराईच जिल्लामा निर्वाचन हुन लागेको हो।

नाका बन्द हुँदा अत्यावश्यक र बिरामी बोकेका एम्बुलेन्स दुवै मुलुकका सुरक्षाकर्मीको समन्वयमा आवत-जावत गर्ने बाहेक अन्य आउजाउ बन्द हुने प्रजिअ कुरुम्बाङले बताए। निर्वाचन नजिकिदैँ जाँदा दुवै मुलकका सुरक्षाकर्मीले सीमामा कडाई गर्न थालेका छन्।

प्रकाशित : वैशाख २१, २०७६ १०:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT