काकाकुल काठमाडौं [तस्बिरहरु]

सन्दर्भ पानी दिवस
सरोजकुमारी चौधरी, तस्बिर : बिजु महर्जन

काठमाडौँ — 'लिभिङ नो वन बिहाइन्ड' भन्ने नाराका साथ यो वर्ष २७ औं विश्व पानी दिवस मनाइएको छ। सन् १९९३ देखि संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्षको मार्च २२ का दिन विश्व पानी दिवस मनाइँदै आएको छ ।

विश्वमै जलस्रोतको धनी ब्राजिलको रियो द जेनेरियोमा सन् १९९२ मा राष्ट्रसंघीय वातावरण तथा विकास सम्मेलनमा प्रत्येक वर्ष विश्व पानी दिवस मनाउने प्रस्ताव पारित भएपश्चात् सन् १९९३ देखि प्रत्येक वर्ष मार्च २२ मा दिन विश्व पानी दिवस मनाउन थालिएको हो । पानी दिवस मनाइरहँदा काठमाडौं उपत्यकावासी भने पानी अभावले काकाकुल भइरहेका छन् ।


प्रकाशित : चैत्र ८, २०७५ १८:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नेपाललाई दिने सहयोग पाँच वर्षभित्र डेढ खर्ब पुर्‍याउने अमेरिकाको घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाले नेपाललाई दिने सहयोगलाई बढाएर पाँच वर्षभित्र डेढ खर्ब पुर्‍याउने घोषणा गरेको छ । यो सहयोग कुनै सर्तमा नभएको पनि अमेरिकाले स्पष्ट पारेको छ ।

'हामीले नेपाललाई उपलब्ध गराउने अपेक्षा राखेको यो सहयोग नगद वा दातृ सहयोग हुने छैन' नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले भने, 'हामीबीचको साझेदारी कुनै सर्त, ऋण वा कर्जामा बाँधिएर आउँदैन ।'

नेपाल सुखी र समृद्ध बनाउनका लागि मद्दत गर्न सीपमूलक तालिम र विश्वव्यापी उत्कृष्ट अभ्यासहरुको प्रयोगमा उक्त रकम खर्च गर्ने बेरीले बताए । अमेरिकाको २४३ औं स्वतन्त्रता दिवस आउनु अगाडि नै नेपालको मनसुनलाई ध्यान दिँदै एक कार्यक्रमबीच सहयोग घोषणा गरिएको हो ।

प्रकाशित : चैत्र ८, २०७५ १७:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×