कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाको सीमामा रहेको बल्खु खोलाको खोचमा अहिले धमाधम पार्क बन्दै छ । चन्द्रागिरी नगरपालिका– १५ ले भिरमा रहेको २७ रोपनी जग्गामा साहसिक खेल गतिविधिसमेत सञ्चालन गर्न मिल्ने गरी संरचना बनाइरहेको छ । उक्त पार्कलाई ‘भिराडिल खाइके साकुरा’ नाम दिइएको छ ।
नेपाल सम्वत ११४१ को आवागमनलाई कीर्तिपुरको थां बहा:मा विभिन्न सांस्कृतिक झाँकीहरुसहित मनाइएको छ । कोभीड- १९ महामारीका कारण यो वर्ष सुरक्षाको सम्पुर्ण मापदण्ड अप्नाएर कम मानिसहरुको उपस्तिथिमा छोटो समयमा सकिने गरि मनाइएको स्थानीयले बताएका छन् ।
राजधानीको प्रदर्शनीमार्गस्थित टुकुचामा दसैंमा बिक्रीका लागि ल्याइएका खसी, बोकामा महानगरका कर्मचारीद्वारा रगतको नमुना संकलन गरिएकाे छ । यहाँ खोटाङ, नेपालगन्ज, सिन्धुपाल्चोक, इलाम, काठमाडाैं लगायत विभिन्न जिल्लाबाट खसी बोका ल्याइएका छन् । स्वच्छ मासु र पशुजन्य खाद्यवस्तुका लागि पशुजन्य पदार्थ र उत्पादन सामाग्रीको नमुना संकलन र परीक्षण थालनी गरिएको हो ।
चन्द्रागिरि नगरपालिकास्थित गोल्फुथली चोकमा बनाइएको आउटडोर जिममा आइतबार बिहान ६६ वर्षीया भवानी आचार्य व्यस्त थिइन् । उनी रबर ब्याण्ड एक्सरसाइज गर्दै थिइन् । हात काम्ने समस्या भएकाले उनले रबर ब्याण्डको सहायतमा एक्सरसाइज गरिरहेकी बताइन् । नगरपालिकास्थित वडा नम्बर १५ ले सार्वजनिक जग्गामा आउटडोर जिम सञ्चालन गरेपछि उनी खुसी छिन् ।
भक्तपुरको याछेँ ६ स्थित ७४ वर्षीय पूर्ण चित्रकार नवदुर्गा देवगणको मुकुण्डो तयार पारिरहेका छन् । जीवित देवताको रुपमा पुजिने भैरव, महाकाली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, महेश्वरी, वैष्णवी, बालकुमारी, श्वेतभैरव, सिंह र दुम्ह गरी १३ देवीदेवताका मुकुण्डो उनले बनाउँदै आएका छन् ।
उपत्यकामा कोरोना भाइरस संक्रमण फैलिरहे पनि सरकारको निर्णयअनुसार असोज १ देखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै लामो दुरीको यातायातका साधन र अन्य व्यापार/व्यवसाथ सञ्चालन भइरहेका छन् । शैक्षिक संस्थामा वैकल्पिक माध्यमबाट अपनाएर पठनपाठनको विधिलाई अपनाउन आग्रह गरेको थियो । तर, कम प्रभावित उपत्यका बाहिरका जिल्लाहरुमा पढाइ सञ्चालन सुरु भएको छ । काठमाडौं बाहिरमात्रै नभइ राजधानीकै चन्द्रागिरि नगरपालिका ७ महादेवस्थानस्थित चेक पोस्टमा समेत प्रभात माध्यमिक विद्यालयमा कक्षा सुरु गरिएको छ । उक्त विद्यालय चन्द्रागिरि नगरपालिकाले सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन अनुमति दिएपछि सञ्चालन भएको हो ।
कोरोना महामारीका कारण यस वर्ष इन्द्र जात्राको पूजा छोट्याइएको छ । इन्द्र जात्राको पहिलो दिन आइतबार वसन्तपुरस्थित कुमारी घरमा सामान्य पूजा गरिएको थियो । अरु बेला इन्द्र जात्रामा भीड हुने वसन्तपुरमा यस वर्ष कोभिड-१९को महामारी कारण पातलो उपस्थिती थियो भने पूजा पनि एकदमै छोट्याइएको थियो ।
प्रहरीले काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा मालबाहक सवारी साधनहरु प्रवेशमा कडाइ गरेपछि मालबाहक गाडीहरु अलपत्र परेका छन्। बिहीबारबाट उपत्यकामा निषेधाज्ञा लागू भएपछि नाकाबाट अत्यावश्यक समाग्री जस्तै खाद्यान्न, औषधी, तरकारी, स्वास्थ्य सामाग्री बोकेर आएको सवारी साधनलाई मात्र प्रवेश गर्न दिइएको थियो । अत्यावश्यक बाहेक अन्य सामाग्रीसहित काठमाडौं प्रवेश गर्ने क्रममा रहेका सवारी साधन भने नाकामा नै रोकिएका छन् । धेरै गाडीहरुलाई फिर्ता पठाइएको छ भने कैयौं अलपत्र परेका छन् ।
ललितपुरको पाटन दरबार स्क्वायर परिसरमा कृष्ण जन्माष्टमीको दिनमा कृष्ण मन्दिरमा पूजा गर्ने आएका सर्वसाधारणहरु । यसपटक कोभिड १९ का कारण भक्तजनहरु मन्दिरमा प्रवेश गर्ने पाएनन् । मन्दिर परिसरमा पनि भीड नहोस् भनेर प्रहरी खटाइएको थियो । मास्क लगाएर पूजाआजा गर्न गएकाले मन्दिर बाहिरैबाट पूजा अर्पण गरेर फर्केका थिए ।