कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टीकाको दिन यस्तो देखियो शीतल निवास [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले आमसर्वसाधारण र उच्च पदस्थ अधिकारीहरुलाई टीका लगाइदिएकी छन् । राष्ट्रपति निवास बालुवाटारमा बुधबार राष्ट्रपति भण्डारीले आमसर्वसाधारणहरुलाई बडा दसैंको उपलक्ष्यमा टीका लगाइदिएकी हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, कार्यवाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रधानसेनापति प्रभुराम शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, अख्तियार प्रमुख प्रेमकुमार राई, प्रतिनिधिसभा एवं राष्ट्रिय सभाका सांसदहरु, नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरु, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरुलाई टीका लगाइदिएकी थिइन् ।

राष्ट्रपति भण्डारीले विजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्वसाधारणलाई पनि विजया दशमीको टीका लगाइदिएकी छन् । बुधबार दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी हुन् । टीका लगाउनको लागि मानिसहरू राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा लामबद्ध थिए ।


प्रकाशित : आश्विन १९, २०७९ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्

यसरी छानिँदैछ म्यादी प्रहरी [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर धमाधम म्यादी प्रहरी छनोट प्रक्रिया चलिरहेको छ । म्यादी प्रहरीका लागि दरखास्त दिएकाहरुको स्वास्थ्य तथा शारीरिक परीक्षणलगायत जाँच गरेर छनोट प्रक्रिया अगाडि बढाइएको हो । कीर्तिपुरको चोभारस्थित ल्याबोरेटरी सेकेन्डरी हाइस्कुलको मैदानमा मंगलबार म्यादी प्रहरीका उम्मेदवारहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा लिइएको थियो ।

दर्जनौंको संख्यामा रहेका म्यादीमा दरखास्त दिएकाहरुलाई पुसअप, दौड, सेटअपलगायतका क्रियाकलापमा सहभागी गराइएको थियो । प्रहरी प्रधान कार्यालयलले चैत ६ देखि ११ गतेसम्म म्यादी प्रहरीमा दरखास्त आह्वान गरेको थियो । त्यस अवधिमा झन्डै ३ लाखले आवेदन दिएका थिए । यस पटकको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिँदैछ ।


प्रकाशित : चैत्र १५, २०७८ १५:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×