काष्ठमण्डपमा अञ्जली दिदीको भाइटीका

तस्बिर : बिजु महर्जन

काठमाडौँ — हिन्दु नेपालीको महत्त्वपूर्ण चाड तिहारको अन्तिम दिन बिहीबार भाइटीका । देशभर महिलाहरूले आफ्ना दाजु-भाइको दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाउँदै यो पर्व मनाइन्छ । यस अवसरमा दाजु-भाइ नहुने दिदिबहिनीहरूले आफन्त वा अन्य पुरुषहरूलाई पनि दाजु-भाइ नाता गाँसेर भाइटीका लगाइदिने चलन छ । साथै दिदिबहिनी नहुने पुरुषहरू पनि अन्य महिलाहरूलाई दिदि वा बहिनी बनाएर भाइटीका ग्रहण गर्ने गर्छन् ।

काठमाडौंमा २०५५ सालदेखि नै सामूहिक रुपमा भाइटीका लगाउँदै आएकी ताहाचलकी अञ्जली दिदीले पनि अघिल्ला वर्षहरू झैं यस वर्ष पनि सामूहिक रुपमा भाइटीका लगाइदिइन् । काठमाडौंको मरुमा रहेको काष्ठमण्डप मरु सतलको गोरखनाथ परिसरमा बिहीबार उनले २ सय जनालाई भाइटीका लगाइदिएको बताइन् । देशभरका मानिस बसोबास गर्ने राजधानी काठमाडौंमा सामूहिक रुपमा भाइटीका लगाएर चर्चा कमाएकी अञ्जली मास्के पछिल्लो समय अञ्जली दिदीको रुपमा चिनिएकी छन् ।

२०७२ सालको भूकम्पले काष्ठमण्डप भत्किएपछिका तिहारमा भने अञ्जली दिदीले काष्ठमण्डप बाहिरको मन्दिर र डबलीमा पाल हालेर भाइटीका लगाइदिने गरेकी थिइन् । पछिल्लो समय उनीसँग भाइटीका लगाउन विदेशी पर्यटकहरू पनि आउन थालेका छन् ।

प्रकाशित : कार्तिक १०, २०७९ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्

बालगोपालेश्वरमा भाइटीका

तस्बिर : बिजु महर्जन

काठमाडौँ — दिदी–बहिनी नहुनेले आज काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गएर भाइटीका लगाएका छन् ।बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर भक्तजनका लागि खुला गरिएको थियो ।


प्रकाशित : कार्तिक १०, २०७९ १३:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×