हिमपातले सकस [फोटोफिचर]

हरिहरसिंह राठौर

धादिङ — जिल्लाका उच्च पहाडी भूभागमा वर्षात्‌सँगै बाक्लो हिमपात भएकोले जनजीवन प्रभावित बनेको छ । शुक्रबार साँझदेखि तिप्लिङ्ग, सेर्तुङ्ग, झार्लाङ्ग, दार्खा, लापा, रीगाउँ, सत्यदेवी, बसेरी, सेम्जोङ्ग र वुढाथुमका अधिकांश गाउँबस्तीहरुमा बाक्लो हिउँ परेको छ । हिउँ तीन फिटसम्म जमेको छ । धेरै वर्षपछि बस्तीमा बाक्लो हिमपात भएको स्थानीयवासीले बताएका छन् ।

वर्षासँगै हिमपातले जनजीवनका साथै चौंरीपालक किसान समस्या परेका छन् । 'चौरीलाई घाँसको समस्या परेको छ भने बाटो अवरुद्ध छ' चौरीपालक किसान दिनेश घलेले भने । हिमपातले गहुँ, जौं, कोदो र आलुलगायत विभिन्न जातका फलफूललाई समेत क्षति पुर्‍याएको तिप्लिङ्गका चौंरीपालक किसान जस थापाले बताए । तर उपल्लो बस्तीका हिउँदेबाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ ।

जनजीवन चिसोले प्रभावित भएको छ । 'मुहानहरु ठण्डीले जमेपछि शुक्रबार बिहानैदेखि धारामा खानेपनी आएकै छेन । घरआँगनकै हिउँ तताएर स्थानीयले पानी प्रयोग गरिरहेका छन्, 'स्थानीय वृद्ध जोमसाई घलेले भने । कृषि ज्ञान केन्द्र धादिङका केशव देवकोटाले उत्तरी भेकको हिमपातले स्थानीय बालीनालीको उत्पादन बढ्ने बताए ।

तस्बिर सौजन्य : जस थापा तामाङ

प्रकाशित : माघ १२, २०७५ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्

रेसुंगामा हिउँको मज्जा [फोटोफिचर]

घनश्याम गौतम

गुल्मी — गुल्मीको रेसुंगा क्षेत्रसहित उच्च पहाडी भागमा १२ वर्षपछि हिउँ परेको छ । सदरमुकाम तम्घास बजार नकिजै रहेको रेसुंगा क्षेत्रमा शनिवार विहानै देखि हिउँ खेल्नेको भिड लागेको छ । कितावमा मात्र हिउँको अध्ययन गरेका विद्यार्थीदेखि, सर्वसाधरण, कर्मचारीलगायतले समेत शनिबार रेसुंगामा हिउँको मज्जा लिए ।

हिउँले रेसुंगाको यज्ञशाला मन्दिरलाई झन् आकर्षक बनाएको छ । २ हजार ३ सय ४९ मिटर उचाईमा रहेको रेसुंगा क्षेत्रमा १२ वर्षपछि हिउँ परेको हो । शुक्रबार रातिदेखि परेको हिउँले सेताम्य भएका गुल्मीको रेसुंगा क्षेत्रसहित मदाने, मालिका, शालिमे, दिब्रुङदह, थाप्लेलगायतका स्थानमा समेत बाक्लो हिउँ परेको छ । हिउँ र हिउँदे वर्षाले जिल्लाका किसानलाई बाली उत्पादनमा समेत राहत मिलेको छ ।

तस्बिर : तारा भुसाल

तस्बिर : तारा भुसाल

प्रकाशित : माघ १२, २०७५ १७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×