सुनाइमा समस्या छ कि ? 

डा. रवीन्द्रभक्त प्रधानांग

काठमाडौँ — कानले विशेषतः दुइटा काम गर्छ, सुन्ने र शरीर सन्तुलन राख्ने । कानको भित्री भागमा रहेको ‘कक्लिया’ ले आवाज सुनाउँछ । ‘भेस्टिब्युल’ले शरीर सन्तुलन गर्छ । भित्री कानमा कुनै समस्या भए कान कम सुन्ने/नसुन्ने तथा चक्कर लाग्ने समस्या हुन्छ । शरीरका अरू अंग मानिसको उमेर वृद्धिसँगै विकसित हुँदै जान्छन् । कक्लिया भने जन्मिँदै पूर्ण विकसित हुन्छ ।

मानिसको सुन्ने शक्तिको विकास गर्भावस्थामै भइसकेको हुन्छ । सामान्य अवस्थाको बच्चाले जन्मनेबित्तिकै सुन्न सक्छ । गर्भावस्थामा कानका विभन्न भागको विकास अपूर्ण वा असामान्य भए सुनाइमा समस्या आउँछ । जन्मँदै कान नसन्नुे यस्तो अवस्थालाई ‘कन्जेनाइटल हियरिङ लस’ भनिन्छ । जन्मपश्चात् कानमा समस्या भई नसन्नुे अवस्थालाई ‘एक्वार्ड हियरिङ लस’ हो ।


श्रवण समस्या

श्रवण शक्ति कम हुने समस्या तीन किसिमका हुन्छन्– कन्डक्टिभ, सेन्सरी न्युरल र मिक्स हियरिङ लस ।

कन्डक्टिभ हेयरिङ लस : वातावरणको आवाजलाई कक्लियासम्म प्रवाह गर्ने अथवा ध्वनिको कन्डक्सनमा बाहिरी कान, कानको नली, जाली एवं ससाना हड्डी (ओसिकल्स) को प्रमुख भूमिका हुन्छ । कानका यी भागमा कुनै खराबी वा समस्या भए ध्वनिको कन्डक्सनमा अवरोध हुन्छ । यसबाट हुने सुनाइ समस्या कन्डक्टिभ हियरिङ लस हो ।


नवजात शिशुमा भित्री कानको विकास भएको तर बाहिरी र मध्यभाग पूर्ण रूपले विकास नभएको अवस्थामा कन्डक्टिभ हियरिङ लस हुन्छ । कानको मध्य र बाहिरी भागमा हुने समस्या जस्तै कानेगुजी धेरै जम्मा हुनु, कानको संक्रमण हुनु, कानको मध्यभागमा पानी जम्मा हुनु, कानको जाली प्वाल पर्नु, कानका ससाना हड्डी (ओसिकल्स) नचल्नु वा टुक्रिनुजस्ता अवस्थामा कन्डक्टिभ हियरिङ लस हुन्छ । पटक पटक वा सधैं कान पाक्ने रोग भए पनि यस किसिमको सुनाइ कम हुने समस्या हुन्छ ।


सेन्सरी न्युरल हियरिङ लस : कानको भित्री भाग कक्लिया वा कक्लियाबाट दिमागसम्म जाने नसा (कक्लियर नर्भ) मा समस्या भएर सुनाइ कम हुने अवस्थालाई सेन्सरी न्युरल हियरिङ लस भनिन्छ । गर्भावस्थामा आमामा हुने संक्रमण, औषधिको सेवन वा अन्य कारणबाट भित्री कानको पूर्ण विकास नहुनु, प्रसव अवस्थामा हुने समस्या, जन्मिनेबिक्तिकै अक्सिजनको कमी, संत्रमण, जन्डिसजस्ता समस्याले पनि नवजात शिशुमा यस किसिमको सुनाइ समस्या हुन सक्छ । यस्तो समस्या प्रायः अभिभावकले बच्चाले बोल्न नथालेपछि अस्पताल लगेर जचाउँदा थाहा पाउँछन् । बच्चा जन्मिनेबित्तिकै सुन्ने क्षमता ठीक छ कि छैन भनी परीक्षण (नियोनेटल हियरिङ स्क्रिनिङ) गर्न जरुरी छ ।


यस्तो सुनुवाइ समस्या जन्मजातका अलावा धेरै कारणले हुन सक्छ । उमेर ढल्कँदै गएपछि भित्री कानले काम गर्न नसक्ने भई सुनाइ कम हुने ‘प्रेसबाइअकुसिस’ धेरैमा देखिन्छ । यस अवस्थालाई जनमानसले ‘कानको नसा सुकिसकेको’ भनेर बुझ्छन्, जुन सत्य होइन । कक्लियाको सूक्ष्म झाग मसिना केशिकाहरू (जसले ध्वनिशक्तिलाई विद्युतीय शत्तिमा परिणत गर्छ) ले बिस्तारै काम गर्न छाडेपछि यस किसिमको समस्या आउँछ ।


भित्री कानको संत्रमण, ट्युमर, प्रेसर बढ्नु वा कान र दिमाग जोड्ने नसाको ट्युमर आदि कारणले यस्तो किसिमको सुनाइ समस्या हुन्छ । मेनिन्जाइटिस, हाँडे, टाइफाइड, दादुरा, ठेउलाजस्ता रोगले पनि यस्तो समस्या आउन सक्छ । कुनै कारणबिना पनि एक्कासि कक्लियाले काम गर्न छाड्छ, जसलाई ‘सडन सेन्सरी न्युरल हियरिङ लस’ भनिन्छ । यो रोग भाइरसका कारणले भएको अनुमान गरिएको छ । यस किसिमको समस्यामा सकेसम्म चाँडो उपचार सुरु गर्नुपर्छ ।


मिक्स हियरिङ लस : माथि उल्लिखित दुवै प्रकारको समस्या एकै व्यक्तिमा भए मिक्स हियरिङ लस भनिन्छ । लामो समयसम्म कान पाक्ने भए संक्रमण भित्री कानसम्म पुगेर यस किसिमको समस्या देखा पर्न सक्छ ।


समाधानका उपाय

उपचार विधि सुनाई समस्याको किसिमअनुसार फरक हुन्छ । भित्री कानको विकास भए नभएको यकिन गर्न सिटी स्क्यान गर्नुपर्छ । भित्री कानको विकास भएको तर बाहिरी र मध्य कानको मात्र समस्या भए उसले सुन्न सक्छ तर सुनाइ कम हुन्छ । यस्ता बच्चाको बोली अस्पष्ट हुन सक्छ । उमेरअनुसार विकास नहुन सक्छ ।


समयमै श्रवणयन्त्र प्रयोग गर्दा उसको बोली प्रस्ट हुन जान्छ । कानको बाहिरी नली नबनेको अवस्थामा साधारण श्रवणयन्त्र लगाउन मिल्दैन । यसका लागि ‘बोन कन्डक्सन हियरिङ डिभाइस’ प्रयोग गर्नुपर्छ । ५ वर्षको उमेरपश्चात् अपरेसन गरी ‘बा हा’ तथा ‘बोन ब्रिज’ जस्ता आधुनिक यन्त्र प्रयोग गरेर सुनाइलाई सामान्य बनाउन सकिन्छ ।


एक्वार्ड कन्डक्टिभ हियरिङ लस भए प्रायःजसोको सुनाइ उपचारबाट फर्काउन सकिन्छ । यस्तो समस्याबाट जोगिन धेरै कानेगुजी छ भने सफा गर्नुपर्छ । कानको संक्रमण छ भने एन्टिबायोटिक दिई उपचार गर्न सकिन्छ । जालीमा प्वाल छ भने त्यसलाई टाल्ने शल्यक्रिया गर्नुपर्छ । कानको मध्यभागमा पानी जम्मा भए पानी निकाल्नु वा औषधि उपचार गर्नुपर्छ ।


असिकल्स टुक्रिएको छ भने अरू साना हड्डी राखेर वा अरू प्रोस्थेसिस राखेर असिकुलोप्लास्टी गर्नुपर्छ । भित्री हड्डी (स्टेपिज) नचल्ने रोग (अटोस्क्लेरोसिस) भए शल्यक्रिया गरेर नचलेको हड्डी हटाई कृत्रिम हड्डी राखेर सुनाइमा सुधार ल्याऊन सकिन्छ । शल्यक्रियाबाट सुधार गर्न नसक्ने वा नचाहने व्यत्तिका लागि श्रवणयन्त्र वैकल्पिक उपाय हो ।


सेन्सरी न्युरल हियरिङ लस भए सामान्य शल्यक्रिया वा औषधिको सेवनबाट फाइदा हुँदैन । ‘सडेन हियरिङ लस’ छ भने मात्र स्टेरोइड औषधि समयमै सुरु गर्दा सुनाइ सामान्य हुन सक्छ । जन्मजात यस किसिमको समस्या भएका बच्चाको सम्पूर्ण परीक्षण गरी श्रवणयन्त्र (आंशिक समस्या भएकाका लागि) वा कक्लियर इम्प्लान्ट (पूर्ण रूपमा हियरिङ लस भएकाका लागि) प्रयोग गर्न सकिन्छ ।


यस्ता बच्चालाई बोलीभाषाको तालिम (अडिटरी भर्बल थेरापी) दिएर बोल्न सक्ने पनि बनाउन सकिन्छ । कक्लियर इम्प्लान्ट अपरेसन ३ वर्षको उमेरभन्दा अगाडि गरे बोली विकास राम्रो हुन्छ । ६/७ वर्षको उमेरसम्म दिमागको नयाँ विकास गर्ने क्षमता (न्युरल प्लास्टिसिटी) गुमाइसक्ने हुनाले सो उमेरपछि यो पद्धतिले सुन्न मद्दत गरे पनि बोली विकास राम्रो नहुन सक्छ ।


सामान्य सुनाइ भई बोलीको पूर्ण विकासपश्चात् बहिरो भए पनि कक्लियर इम्प्लान्टबाट सुन्ने क्षमता फर्काउन सकिन्छ । चोटपटक, ट्युमर, भित्री कानको रोग वा प्रेसबाइअकुसिसमा श्रवणयन्त्र प्रयोगबाट सुनाइमा उपलब्धि नभए कक्लियर इम्प्लान्ट मात्र एक उपाय हो । कक्लियर इम्प्लान्टबाट सुनिने इलेक्ट्रिकल आवाज अलि फरक किसिमको हुने भएकाले अपरेसनपश्चात् केही साता ‘स्पिच थेरापी’ जरुरी पर्छ ।


मेनिन्जाइटिस वा चोटपटक लागी कक्लियर पुरै खराब भए तथा जन्मजात कक्लियाको विकास नभए र कक्लियाबाट दिमागमा जाने कक्लियर नर्भ नभए कक्लियर इम्प्लान्ट गर्न मिल्दैन । दिमागमै सुन्ने यन्त्रको इलेक्ट्रोड जडान गर्नुपर्छ । मिक्स हियरिङ लस भएकामा दुवै खालका उपचार पद्धतिबाट समस्या समाधान गर्न सकिन्छ ।


लेखक त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक तथा कक्लियर इम्प्लान्ट नेपाल ग्रुपका उपाध्यक्ष हुन् । प्रकाशित : फाल्गुन १९, २०७५ ०७:५७

प्रतिक्रिया
पठाउनुहोस्

विषबिनाको तरकारी 

मधु राई

काठमाडौँ — सुनसरीको धरान ४, वसन्तटारका कृष्ण राई सात वर्षदेखि रासायनिक विषादीमुक्त तरकारी खेती गर्दै आएका छन् । उनले सोताङ अर्गानिक फार्ममा मानव र पशुको मूत्रलाई झोलमलका रूपमा प्रयोग गरी माटो नचाहिने हाइड्रोपोनिक प्रविधिबाट धनियाँ र लेटस साग उत्पादन थालेका छन् ।

उनीजस्ता अर्गानिक (जैविक) तरकारी उत्पादन गर्दै आएका किसानले गत वर्षदेखि हरेक शनिबार छाताचोक नजिकै तरकारी बजार सञ्चालन गर्दै आएका छन् ।

मोरङको मिलनचोक नजिकै हितकारी कृषि फार्मले झन्डै एक बिघामा आधुनिक कृषि प्रविधि अपनाई तीन वर्षदेखि अर्गानिक तरकारी उत्पादन गर्दर् ैआएको छ । फार्ममा उत्पादित तरकारी गत वर्षदेखि हरेक शनिबार उद्योग संगठन मोरङको कार्यालय परिसरमा बिक्री गरिन्छ । विराटनगर २ स्थित अरिहन्त एग्री फार्म एन्ड रिसर्च प्रालिले चार वर्षदेखि र देवेनारा एग्रो फार्मले दुई वर्षदेखि रासायनिक विषादी प्रयोग नगरी तरकारी उत्पादन गर्दै आएका छन् ।

हरेक शनिबार बिहान साढे छ बजेदेखि नौ बजेसम्म लाग्ने तरकारी बजारमा मैले पनि कौसी र करेसाबारीमा फलेको तरकारी बेच्ने र चाहिने तरकारी किन्ने गरेकी छु । अधिकांशले ‘विषादीबिना पनि तरकारी फलाउन सकिन्छ र’ भनेर सोध्छन् । कतिपय प्रश्नकर्ता तरकारी खेतीसम्म पुग्ने गर्छन् र चित्त बुझाउँछन् । मैले पनि मेरा नियमित ग्राहकलाई बेलाबेला मेरो कौसी र करेसाबारी अवलोकन गराउने गरेकी छु । कतिपयलाई सकिन्छ भने आफूलाई चाहिने विषादीमुक्त तरकारी आफैं फलाऔं भन्ने सरसल्लाहसमेत दिने गरेकी छु ।

हितकारी कृषि फार्मले उत्पादन गरेको तरकारी केही सातादेखि भाटभटेनी सुपरमार्केटमा समेत बिक्री हुन थालेको छ । देवेनारा एग्रो फार्मले तीनपैनी चोकमा तरकारी पसल सञ्चालन गर्दै आएको छ । उद्योग संगठन मोरङको महिला समितिले दुई वर्षदेखि विषादीमुक्त तरकारी खेती गर्नेलाई प्रोत्साहन गर्दै आएको छ । समाजमा भने ‘विषादीमुक्त तरकारी फलाउन सकिन्छ र’ भन्नेहरूको जमात ठूलै छ । ‘खोइ त बजारको तरकारी खाएर कोही मरेका छैनन् त’ भन्ने पनि छन् । यस्ता उपझोक्तालाई बस, तरकारी मात्र चाहियो, चाहे त्यो बजारको होस् वा चोकचोकको ।

सरकारले विषादीयुत्त तरकारी उत्पादन र सेवन गर्दा स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउन हरेक वर्ष साताव्यापी कार्यक्रम गर्न थालेको छ । चार वर्षदेखि सञ्चालन भइरहेको यस्ता साताव्याफी कार्यक्रम विषादीयुत्त तरकारी उत्पादन र सेवन गर्ने बहुसंख्यक कृषक र उपभोक्ताका लागि ‘कागलाई बेल फाक्यो हर्ष न विस्मात’ हुने गरेको छ । कृषक र विक्रेतालाई विषादीयुत्त तरकारीले उपभोक्ताको मात्रै होइन, आफ्नै स्वास्थ्यमा समेत दीर्घकालीन असर पार्छ भनेर सचेत गराउनसके यस्ता कार्यक्रम फलदायी हुन्छन् ।

नेपालले पछिल्लो ५ महिनामै सवा अर्बको विषादी र ७ अर्बको तरकारी आयात गर्‍यो भन्ने समाचार आएको छ । वर्षायाममा पूर्वी पहाडबाट करोडौं मूल्यका तरकारी निर्यात गर्ने धनकुटा, तेह्रथुम र संखुवासभालगायत जिल्ला हिउँद लागेपछि आयातित तरकारीमा निर्भर हुनुपरेका समाचार पनि बेलाबेला आउँछन् । आयातित तरकारीमा प्रयोग गरिने विषादीबारे भने त्यति धेरै चर्चापरिचर्चा हुने गरेको छैन ।

पूर्वमा काँकडभिट्टा हुँदै आयात गरिने तरकारीमा विषादीको मात्रा जाँच्न स्थानीय तहले विर्तामोडमा गत वर्ष प्रयोगशाला स्थापना गरेको छ । त्यहाँ कार्यरत प्राविधिक अञ्जु आचार्यका अनुसार दैनिक भित्रिने तरकारीको नमुना संकलन गरेर विषादीको मात्रा जाँचेपछि माक्र बित्रीवितरण गर्न दिइन्छ । ‘हामी छिमेकी जिल्लाबाट भित्रिने तरकारीमा पनि के कति विषादी छ भनेर नियमित जाँच्छौं,’ उनले भनिन् । पूर्वका अन्य जिल्लामा भने आयातित तरकारीको विषादी जाँच्ने व्यवस्था छैन ।

विराटनगर महानगरपालिकाको समेत प्राथमिकतामा यो परेको देखिँदैन । महानगरले केही महिनाअघि तरकारीमा प्रयोग गरिने विषादी जाँच्ने यन्त्र किनेको सुनिएको थियो तर कहिलेदेखि प्रयोग हुने हो, थाहा छैन । महानगरले केही समयअघि सिंघियाखोला पारि व्यवस्थित तरकारी बजारका लागि भौतिक संरचना भने तयार गर्दै छ ।

कृषिलाई समृद्धिको आधारस्तम्भ बनाउने भनेर तीनै तहका सरकार बेलाबेला कुर्लिने गर्छन् तर विषादीयुक्त तरकारीले पार्ने चौतर्फी र दीर्घकालीन नकारात्मक असरबारे वर्षमा एक पटक साताव्याफी कार्यक्रमबाहेक केही गरेको देखिँदैन । मूलधारे सञ्चारमाध्यमले विषादी र विषादीमुत्त तरकारीबारे समाचारलाई बेलाबेला महत्त्व दिएको देखिन्छ । यस विषयमा स्थानीय तहमा पनि सञ्चारमाध्यमले प्राथमिकतामा दिनसके जनचेतना अभिवृद्धि हुन्छ । सञ्चारमाध्यमले विषादीमुक्त तरकारी सेवन गर्दा हुने फाइदाबारे खोजमूलक लेख र समाचार प्रकाशन गर्न जरुरी छ । यस्ता लेख र समाचारले सरकारको ध्यानाकर्षण गराउँछन् ।

छिमेकी मुलुक भारतको केन्द्रीय सरकारले विषादीमुक्त तरकारी तथा अन्नपात उब्जाउन छुट्टै केन्द्र स्थापना गरेको विषय सामाजिक सञ्जालमार्फत प्रचारप्रसार भइरहेको पाइन्छ । दिल्ली नजिकै रहेको गाजियाबादस्थित राष्ट्रिय जैविक खेती केन्द्रले कृषकहरूलाई विषादीमुक्त तरकारी उत्पादन गर्न गराउन अध्ययनअनुसन्धान थालेको छ ।

केन्द्रले विषादीमुक्त तरकारी उत्पादन गर्दा चाहिने जैविक मल र बनाउने सहज विधि सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्दै आएको छ । हामीकहाँ पनि विषादीमुक्त तरकारी उत्पादनमा कृषकलाई प्रोत्साहन गर्न सरकारले राष्ट्रिय जैविक खेती केन्द्र स्थापना गर्ने हो कि ? यसमा संघ, प्रदेश र स्थानीय तहले विषादीमुक्त तरकारी उत्पादन गर्दै आएका कृषकसँग समन्वय र सहकार्य गर्न जरुरी छ ।

प्रकाशित : फाल्गुन १९, २०७५ ०७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×