डा. रवीन्द्रभक्त प्रधानांग

डा. रवीन्द्रभक्त प्रधानांगका लेखहरु :

सुनाइमा समस्या छ कि ? 

कानले विशेषतः दुइटा काम गर्छ, सुन्ने र शरीर सन्तुलन राख्ने । कानको भित्री भागमा रहेको ‘कक्लिया’ ले आवाज सुनाउँछ । ‘भेस्टिब्युल’ले शरीर सन्तुलन गर्छ । भित्री कानमा कुनै समस्या भए कान कम सुन्ने/नसुन्ने तथा चक्कर लाग्ने समस्या हुन्छ । शरीरका अरू अंग मानिसको उमेर वृद्धिसँगै विकसित हुँदै जान्छन् । कक्लिया भने जन्मिँदै पूर्ण विकसित हुन्छ ।