कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेका छौँ : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौँ — युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले देशभरका रंगशालाहरुको व्यवस्थापनलाई मध्यनजर गरी रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको बताएका छन् । 

रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेका छौँ : खेलकुदमन्त्री श्रेष्ठ

आइतबार सय दिने कार्यप्रगति विवरण सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले खेलकुदमा विविध क्षेत्रको ज्ञान तथा क्षमतालाई अवसर प्रदान गर्न तथा अन्तर्राष्ट्रिय पारा ओलम्पिकको मान्यता अनुरुप विकास गर्दै लैजाने उद्देश्यले यस वर्ष कर्णाली प्रदेशको सुर्खेतमा प्रथम पारा राष्ट्रिय प्रतियोगिता आयोजना गरिने बताए ।

उनले खेलाडीहरुलाई खेलमैदानसँग जोडिरहन र खेलकुद प्रतियोगिताका कार्यक्रमलाई पारदर्शी तथा योजनावद्ध बनाउन राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय खेल संघद्वारा वर्षभरमा सञ्चालन गरिने खेलकुद प्रतियोगिताहरुको आर्थिक वर्ष २०८१/८२ को वार्षिक क्यालेण्डर सार्वजनिक गरेको बताए । उनले कतारका अमिर नेपाल भ्रमणको अवसरमा नेपाल सरकार र कतार सरकारबीच भएको द्विपक्षीय समझदारीपत्रमा युवा तथा खेलकुदका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको बताए ।

नेपाल स्काउटको जग्गा भाडामा लिने/दिनेबारे भएको सम्झौता र त्यस सम्बन्धमा उच्च अदालत पाटनको फैसला कार्यान्वयनको सम्बन्धमा छानविन समिति गठन गरी प्राप्त प्रतिवेदनको आधारमा नेपाल स्काउटको जग्गाको संरक्षण तथा अनाधिकृत उपयोग गरेको संरचना नियमसंगत उपयोग गर्न कानूनी व्यवस्थाको कार्यान्वयन गर्न गराउन गृह मन्त्रालयको सहयोगमा सिलबन्दी गरिएकोलाई मन्त्री श्रेष्ठले आफ्नो सय दिनको उपलब्धिको सूचीमाराखेका छन् ।

मन्त्री श्रेष्ठले सहभागितामुलक नीति निर्माणको अवधारणा अनुरुप राष्ट्रिय खेलकुद नीति, र राष्ट्रिय युवा नीतिको मस्यौदा उपर देशस्तरमा राय सुझाव संकलन गरिएको र दुवै नीतिलाई अन्तिम रुप दिने क्रममा रहेको बताए । त्यस्तै, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विश्व जगतमा लोकप्रिय हुँदै गएको सूचना प्रविधिको प्रयोग गरी खेलिने खेललाई खेलकुद क्षेत्रमा समेट्ने गरी इ–स्पोर्ट खेलको प्रवर्द्धन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चलान गर्ने, युवा तथा साना व्यावसायी स्वारोजगार कोषमार्फत १ हजार ४ सय ९४ जना कर्जा लगानी तथा स्वरोजगार सिर्जना भएको र १ हजार ४०१ जनाका लागि थप रोजगारी सिर्जना भएको बताए ।

प्रकाशित : असार २, २०८१ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?