कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन समितिको कार्यविधि तयार

काठमाडौँ — सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको कार्यविधि तयार भएको छ । विशेष समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कार्यादेश निर्माणका लागि गठित समितिका सदस्यहरुसँग समेत छलफल गरी सो कार्यविधि तयार पारेको हो ।

सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन समितिको कार्यविधि तयार

सहकारी छानविन सम्बन्धी कार्यादेश निर्माणमा संलग्न सांसदहरु महेश बर्तौला, हितराज पाण्डे, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियारसँग पनि आवश्यक छलफल गरी बैठकले आफ्नो कार्यविधि पारित गरेको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए।

त्यसैगरी बैठकले आफ्नो कामलाई अघि बढाउनका लागि कार्यसूचीहरु पनि तय गरेको छ । संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरुसँग छलफल गर्ने र अहिलेको सहकारीको समस्याको बारेमा, बचत अपचलन, दुरुपयोगको बारेमा र समग्र अवस्थितिको बारेमा जानकारी लिने र त्यस आधारमा अरु सूचना, तथ्यहरु लिने कामहरु पनि गर्ने गरी कार्यसूची तयार गरिएको उनले बताए ।

सभापति थापाले भने, ‘आजको बैठकमा कार्यादेशसँग सम्बन्धित माननीयज्युहरु महेश बर्तौला, हितराज पाण्डे, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियारसँग छलफल भयो । उहाँहरुले कार्यादेश निर्माणको एकरुप बुझाईबारे समितिलाई जानकारी गराउनुभयो । हामीले अरु विभिन्न पक्षसँग पनि उहाँहरुसँग छलफल गर्‍यौँ । र, त्यस आधारमा हामीले कार्यविधिमा छलफल गर्‍यौं । छलफल गरेर आज समितिको कार्यविधि सर्वसम्मतिले पारित भएको छ । हामीले मस्यौदा कार्यविधिमा छलफल गरेर त्यसलाई प्राप्त विभिन्न खालको सुझावलाई समेट्ने गरी पारित गरेका छौं ।'

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरुसँग छलफल गर्ने र आजको सहकारीको समस्याको बारेमा, बचत अपचलन, दुरुपयोगको बारेमा र समग्र अवस्थितिको बारेमा जानकारी लिने र त्यस आधारमा अरु सूचना, तथ्यहरु लिने काम गर्ने तयारी रहेको उनले बताए ।

प्रकाशित : असार २, २०८१ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?