२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

गुट-उपगुटको अन्त्य नभएसम्म बलियो कांग्रेस बन्दैन : नेता महर

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले गुट-उपगुटको अन्त्य नभएसम्म कांग्रेस बलियो बन्न नसक्ने बताएका छन् । शनिवार कांग्रेस कञ्चनपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र तत्काल गुट-उपगुट बनाउने परिपाटीको अन्त्य गर्नुपर्ने बताए ।

गुट-उपगुटको अन्त्य नभएसम्म बलियो कांग्रेस बन्दैन : नेता महर

'पार्टीभित्रको ग्रुपिजम संकट हो । सबैले भन्ने तर ग्रुपिजम कहिले नछोड्ने। यो गलत संस्कार हो भनेर मैले त १४औं महाधिवेशनबाटै भन्दै आएको हुँ । तल्लो तहबाट नै चिट बाँडेर समूह निर्माण गर्ने कुरा आचार संहिता बनाएर नै बन्द गरिनुपर्छ भन्ने मेरो प्रस्ताव थियो। तल चिट बाँडेर समूह निर्माण गर्दै विभिन्न लियरमा चुनाव भइसकेपछि माथि गुटरहित कांग्रेस निर्माण गरौं भन्ने कुरा गलत हुन्छ ।'

डेढ वर्षमा ६१ जिल्ला घुम्दा शक्तिशाली कांग्रेस निर्माण गर्ने पर्याप्त आधारहरु रहेको पाएको उनले बताए । तर, गुटकै कारण पार्टीलाई सशक्तीकरण गर्न समस्या रहेको आफूले पाएको महरले बताए। 'कांग्रेसभित्र अवसरको न्यायोचित वितरण नहुँदा पनि समस्या भइरहेको छ। एउटा मान्छेले दशकभन्दा बढी समयसम्म पद ओगटिराख्ने र कसैले जिम्मेवारी नै नपाउने हुनु हुँदैन,' उनले भने।

पार्टीमा आठ लाखभन्दा बढी क्रियाशील सदस्य रहेकोमा सधैँ केही व्यक्तिलेमात्र अवसर पाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए । कांग्रेसभित्र ९६ वर्षभन्दा माथिदेखि २२/२३ वर्ष उमेर समूहका मान्छेको योगदान रहेकाले युग सुहाउँदो पुस्तान्तरण आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित : असार १, २०८१ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x