कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

उपप्रधानमन्त्री लामिछानेमाथि पनि छानबिन हुनुपर्छ : राप्रपा

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि पनि अनुसन्धान सुरु गर्नुपर्ने माग गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कानुन समान रुपमा लागु हुनुपर्ने बताएको छ ।

उपप्रधानमन्त्री लामिछानेमाथि पनि छानबिन हुनुपर्छ : राप्रपा

‘अध्यक्ष कैलाश सिरोहिया माथि नागरिकता दुरुपयोग सम्बन्धी अभियोग न्यायिक निरुपणको विषय बनिसकेको छ । राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरित गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट छ’ बैठकपछि प्रवक्ता मोहन कुमार श्रेष्ठले भनेका छन्, ‘नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानविन सुरु भएको छ त्यसैगरी गृहमन्त्री रबी लामिछानेमाथि लागेका आरोपमाथि पनि छानविन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ । कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्दछ ।’

प्रकाशित : जेष्ठ ९, २०८१ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?