कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

महासमिति बैठकले कांग्रेसलाई एक ढिक्का भएर अघि बढ्न सन्देश दिएको छ : कोइराला

काठमाडौँ — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले मुलुकको भविष्य कांग्रेससँग जोडिएको बताएका छन् । महासमिति बैठकलाई लक्षित गर्दै नेता कोइरालाले शनिबार काठमाडौंमा गरेको चियापान तथा भेटघाट कार्यक्रममा मुलुकको भविष्य कांग्रेससँग जोडिएको भन्दै पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।

महासमिति बैठकले कांग्रेसलाई एक ढिक्का भएर अघि बढ्न सन्देश दिएको छ : कोइराला

'महासमितिसँगै उत्साह र उमङ्ग बोकेर जिल्ला जाऔँ, आउँदो निर्वाचनमा कांग्रेसलाई सर्वश्रेष्ठ पार्टी बनाऔँ,' कोइरालाले भने ।

कांग्रेस एकढिक्का भए यसलाई कुनै शक्तिले हराउन नसक्ने उनको भनाइ थियो । सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे । 'विपी कोइरालाले आफ्नो लागिभन्दा देश र जनताका लागि सङ्घर्ष गर्नुभएको थियो, उहाँको सङ्घर्षलाई कांग्रेसले भुल्नुहुँदैन,' उनले भने ।

जीवन सङ्घर्ष भएकाले सङ्घर्ष गर्न सिक्नुपर्ने उनको भनाइ थियो । कांग्रेस सङ्खुवासभाका सभापति एवं सांसद दीपक खड्काले सबैलाई स्वागत गर्दै चियापानले पार्टीभित्र भावनात्मक सम्बन्ध र एकताको सन्देश दिएको बताए। '

कार्यक्रममा कांग्रेस सभापति देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत पार्टीका केन्द्रीय तहका नेता, महासमिति सदस्यहरु सहभागी थिए ।

प्रकाशित : फाल्गुन १२, २०८० १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×