कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पार्टीहरूको बीचमा एकता र आपसी सहकार्यको आवश्यकता छ : अध्यक्ष नेपाल

'व्यवस्था परिवर्तनको हैन सुधारको आवश्यकता छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतान्त्रिक व्यवस्था सुधारको आवश्यकता रहेको बताएका छन् । उनले मुलुकमा उत्पन्न विभिन्न मुद्दामा राजनीतिक दलहरूबीच एकताको आवश्यकता रहेको पनि बताएका छन् । 

पार्टीहरूको बीचमा एकता र आपसी सहकार्यको आवश्यकता छ : अध्यक्ष नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारमा मंगलबार आयोजना गरेको सत्तारुढ र प्रतिपक्षी दलहरूबीचको बैठकपछि गणतन्त्र, संघीयतालगायतका राजनीतिक मुद्दा जनताबाट अनुमोदन भइसकेको बताएका छन् ।

‘त्यतिखेर हामीले जुन मान्यता अगाडि सारेका थियौँ, त्यो मान्यता अनुरुप अगाडि बढ्यौँ । जनताको सहयोग, समर्थन, अनुमोदन पनि रह्यो । संविधान निर्माण गर्‍यौँ । व्यवस्थालाई परिवर्तन गर्‍यौँ, गणतन्त्र ल्यायौँ । संघीयताको स्थापना गर्‍यौँ । यी सबै कुरा जनअनुमोदित भइसकेका छन्,' उनले भने, 'जनताको समर्थन र जनताको विश्वास प्राप्त गरेको यो व्यवस्थाको बारेमा अरु हिसाबले कसैले केही भन्ने बित्तिकै यसको पछि लाग्ने कुरा आउँदैन । पार्टीहरूको बीचमा एकता र आपसी सहकार्यको आवश्यकता छ ।'

जनताको सवालमा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो । 'जनताको जनजिविकाको समस्यालाई हल गर्ने कुरामा पार्टीहरुले देश र जनताको हितलाई सर्वोपरी राखेर अगाडि बढ्नुपर्छ भन्दै अहिलेपनि यस विषयमा हाम्रो धारणामा कुनै भिन्नता हुनु हुँदैन । यो संविधान, व्यवस्था, संघीयताप्रति हाम्रो पार्टीको प्रतिबद्धता छ,' उनले भने, 'व्यवस्था परिवर्तनको आवश्यकता छैन, व्यवस्था सुधारको आवश्यकता छ । व्यवस्था र अवस्थाको बारेमा मान्छेको जुन भाष्य छ, त्यो भाष्य उपयुक्त होइन । व्यवस्थामा पनि सुधार गर्नुपर्छ ।’

नेपालले देशमा भ्रष्टाचार, विकृति र विसंगतिको अन्त्य गर्दै जनताको अवस्थामा पनि आमुल परिवर्तन गर्नुपर्ने बताए । उनले शान्ति प्रक्रियालाई छिट्टै निष्कर्षमा पुर्‍याउनुपर्ने पनि बताए ।

प्रकाशित : कार्तिक २१, २०८० १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?