२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

कांग्रेस महामन्त्रीहरूलाई प्रश्न- देशको मुहार फेर्ने योजना खै ?

काठमाडौँ — नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीतादेवी देवकोटाले बर्सेनि लाखौँ युवाहरू विदेसिने क्रम बढिरहेको भन्दै युवालाई देशमै रोक्ने योजना नल्याएसम्म मुलुकको आर्थिक समृद्धि सम्भव नरहेको बताएकी छन् । केन्द्रीय कार्यसमितिको जारी बैठकमा महामन्त्रीहरूलाई लक्षित गर्दै नेता देवकोटाले नेपाली विद्यार्थीले विदेशमा पढ्न जाँदा मात्रै ५०औँ अर्ब रुपैयाँ बाहिरिएको तथ्यलाई बुझ्नु आवश्यक रहेको बताइन् ।

कांग्रेस महामन्त्रीहरूलाई प्रश्न- देशको मुहार फेर्ने योजना खै ?

‘अहिले बर्सेनि एक लाख विद्यार्थी विदेश गइरहेका छन् । जो बाहिरिँदा हरेक वर्ष ५० औँ अर्ब बाहिर गइरहेको छ । ती युवा विद्यार्थीलाई स्वदेशमै रोकेर यो देशको उन्नतिमा श्रम गराउन कांग्रेससँग योजना हुनुपर्छ,’ देवकोटाले अघि भनिन्, ‘महामन्त्रीज्यूहरूलाई म सोध्न चाहन्छु- हाम्रै विद्यालय, कलेजमा पढाएर यी युवा विद्यार्थीलाई देशमै राख्ने योजना कहाँ छ ?’

उनले कांग्रेसले व्यवस्थित पार्टी र संगठन बनाएर मात्रै नहुने भन्दै देश बनाउने खाका लिएर अघि बढ्नुपर्नेमा महामन्त्रीहरूको ध्यानाकर्षण गराइन् । ‘महामन्त्रीज्यूले विधानको कार्यान्वयन गर्ने वार्षिक क्यालेन्डर प्रस्तुत गर्नुभयो । तर अवस्था यस्तो छ कि हामीले पार्टीकोमात्रै मुहार फेरेर हुनेवाला छैन, देशको मुहार फेर्नु छ, त्यसका लागि पनि कांग्रेसले योजना दिनुपर्छ ।’

प्रकाशित : श्रावण ३, २०८० १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?