२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बाढीले बगाएको २८ दिनमै हेवा खोलामा नयाँ पुल निर्माण

काठमाडौँ — अविरल बर्षापछि आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको मेची राजमार्ग आइतबारदेखि पूूर्ण रुपमा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुल बगाएको चार साताभित्र नयाँ पुल निर्माण गरी यातायात सञ्चालन गराएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । 

बाढीले बगाएको २८ दिनमै हेवा खोलामा नयाँ पुल निर्माण

३ असारमा आएको बाढीले मेची राजमार्ग अन्तर्गतको हेवा खोला पुल बगाएपछि ताप्लेजुङ जिल्लासँग यातायातको सम्बन्ध बिच्छेद भएको थियो । पुल बगेलगतै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले क्षतिग्रस्त क्षेत्रमा पुगेर तत्काल निर्माण सक्न निर्देशन दिएका थिए ।

बाढीले बगाएको २८ दिनभित्र नयाँ बेलिब्रिज निर्माण गरी सवारीसाधन सञ्चालन गरिएको महानिर्देशक ढकालले बताए । बेलिब्रिज निर्माण सक्नुअघि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो । बनाएको डाइभर्सन पनि दुई पटक बाढीले बगाएको थियो ।

प्रकाशित : असार ३१, २०८० १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x