२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सवारी लाइसेन्स नवीकरण १० वर्षमा गर्ने व्यवस्था गर्छौं : मन्त्री ज्वाला

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ५/५ वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरण अब हरेक १० वर्षमा गर्नमिल्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले लाइसेन्सका लागि नयाँ कानुनी व्यवस्था गर्न लागेको बताए ।

सवारी लाइसेन्स नवीकरण १० वर्षमा गर्ने व्यवस्था गर्छौं : मन्त्री ज्वाला

स्मार्ट लाइसेन्स ५/५ वर्षमा गर्नुपर्ने नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने कानुनी व्यवस्था गर्न लागेका छौं । उनले सरकारको स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउने कामलाई पनि तीव्रता दिने बताए ।

'पाँच वर्षमा नवीरकण गर्ने छिटो र झन्झटिलो हुने भएकाले १० वर्षमा नवीरकण गर्ने कानुनी व्यवस्था नै अगाडि बढाएका छौं । यसले नयाँ स्मार्ट कार्ड छाप्ने लोड पनि कम हुने विश्वास लिएका छौं,' उनले भने ।

सवारी साधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटको भाषामा तीन विकल्प राखिने पनि तयारी भइरहेको उनले बताए । मन्त्री ज्वालाले सवारी साधनमा इम्बोस्ड नम्बर अंग्रेजीमा मात्रै प्रिन्ट भएकोमा केही आलोचना र गुनासोहरू आएको भन्दै मन्त्रिपरिषद्बा‌ट निर्णय गरेर अंग्रेजी, नेपाली र नेपाली र अंग्रेजी दुवै प्रयोग गर्न पाउने व्यवस्था गरेको बताए ।

नेपालमा उत्पादित 'यात्री' मोटरसाइकलको दर्ताबारे कार्यविधि जारी गरेर अगाडि बढ्ने सरकारले निर्णय गरेको पनि मन्त्री ज्वालाले बताए ।

प्रकाशित : वैशाख १२, २०८० १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?