२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

किमाथांका नाका खुलाउन पहल गर्छु : परराष्ट्रमन्त्री साउद

काठमाडौँ — परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संखुवासभा जिल्लाको उत्तरी किमाथांका सीमा नाका पुन: संचालन गर्ने विषयलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

किमाथांका नाका खुलाउन पहल गर्छु : परराष्ट्रमन्त्री साउद

आइतबार मन्त्रालयमा संखुवासभा जिल्लाका प्रतिनिधि र कोशी प्रदेशका सांसदहरुले संयुक्त रुपमा किमाथांका नाका खोल्न चीन सरकारसँग पहल गरिदिन बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री साउदले किमाथांका नाका सञ्चालन गर्ने कुरा आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

उनले किमाथांका नाका ऐतिहासिक र पूर्वको व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले नाका खोल्ने कुरा पहिलो प्राथमकितामा राख्ने बताए । साथै उनले नेपाल र चीनबीचको सम्बन्धलाई बढाउन र व्यापार व्यवसाय पनि विस्तार गर्नका लागि किमथांका नाका सहज र छोटो दूरीको माध्यम बन्ने बताएका थिए ।

यसका लागि चीन सरकारसँग नाका खोल्नका लागि आवश्यक पहल गर्ने उनको भनाइ थियो । ‘किमाथांका नाकाको बारेमा भन्नुभएको छ, यो महत्वपूर्ण नाका छ । उत्तरतिरको पूर्वतिरको व्यपारका लागि अत्यन्तै महत्वपूर्ण नाकाका रुपमा रहिआएको छ । दुई देशको सम्बन्ध र व्यापारका रुपमा प्रयोग हुँदै आएको छ । नाका खोल्नका लागि अहिले चीन सरकारसँग छलफल भइरहेको छ, यसलाई उच्च प्राथमिकता दिनेछु,’ परराष्ट्रमन्त्री साउदले भने ।

प्रकाशित : वैशाख १०, २०८० १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?