कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

दिल्लीमा मनाइयो नेपाली सेना दिवस

कान्तिपुर संवाददाता

नयाँ दिल्ली — दिल्लीस्थित नेपाली दूतावासले सैनिक दिवस मनाएको छ । शुक्रबार(१० मार्च)को साँझ बारहखम्बास्थित दूतावास परिसरमा भारत र अन्य देशका पाहुनाहरूको उपस्थितिमा सैनिक दिवस मनाइएको हो ।

दिल्लीमा मनाइयो नेपाली सेना दिवस

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल तरूणकुमार आईच कार्यक्रमको प्रमुख अतिथि थिए । भारतका वर्तमान तथा पूर्वसैनिक अधिकारीहरू, दिल्लीमा रहेका विभिन्न ४५ विदेशी नियोगका सैनिक सहचरीहरू कार्यक्रममा सहभागी थिए । राजदूत शंकरप्रसाद शर्मा र दूतावासका सैनिक सहचरी कर्णेल रामचन्द्र खत्रीले पाहुनाहरूको स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाली सेनाका बारेमा तथा नेपाल र भारतका सैनिकबीचको सम्बन्धबारे डकुमेन्ट्री देखाइएको थियो । प्रमुख अतिथि भारतीय सैन्य अधिकारी आईच र राजदूत शर्माले शुभकामना मन्तव्य दिएका थिए।

पाहुनाहरूलाई सेलरोटी, म:म लगायतका नेपाली व्यन्जनसहितको डिनर गइराएको थियो । स्वास्थ्य क्षेत्रमा नेपालबाट उपचारक लागि आउनेहरूलाई सहयोग पुर्‍याउने गरेकाले गोपाल पाण्डेलाई सम्मान पनि गरियो । पाण्डे नेपालकै हुन् । हरेक महाशिवरात्रिका दिन मनाइने सैनिक दिवस विदेशस्थित नियोगहरूमा भने समय मिलाएर मनाउने गरिन्छ ।

प्रकाशित : फाल्गुन २७, २०७९ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?