कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

विकास निर्माणमा सरकार अब तमासा हेरेर बस्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ — उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काममा सरकार तमासा हेरेर नबस्ने बताएका छन् । शुक्रबार ललितपुरको भैंसेपाटी सडकखण्डको अवलोकन गर्न पुगेका  मन्त्री श्रेष्ठले  विकास निर्माणका लागि नेपाल विद्युत प्राधिकरण, खानेपानी, मेलम्ची आयोजना, दूरसञ्चार र सडक विभाग सबै मिलेर काम गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

विकास निर्माणमा सरकार अब तमासा हेरेर बस्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

समन्वयको कमी र आफ्नो जिम्मेवारी बोध गर्न नसक्दा यसअघि विकास निर्माणको क्षेत्रमा देशले आवश्यक काम गर्न नसकेको भन्दै अब पनि सरकारले विकास निर्माणमा तमासा हेरेर नबस्ने उनले बताए । आफ्नो पहिलो प्राथमिकता नागरिकलाई भयरहित सडकमा यात्रा गराउने रहेको र त्यसका लागि आफूले काम सुरु गरिसकेको मन्त्री श्रेष्ठले बताए । मन्त्री श्रेष्ठले सडकका समस्या समाधानका लागि प्रत्येक महिनाको दोस्रो हप्ताको शुक्रबार सम्बन्धित निकायहरुका प्रमुखहरुसँग छलफल गर्ने र समस्याको पहिचान गरी समाधान गर्नका लागि पहल गर्ने अभियानमा आफू लागेको बताए ।

सडकका समस्या समाधानका लागि अझै केही समय लाग्ने भएपनि जनतालाई सेवा दिने कुरामा कतैबाट हेलचेक्य्राइँ र कमजोरी भएमा सरकारले छुट नदिने उनले चेतावनी दिए ।‘सबै निकायहरु जस्तो नेपाल विद्युत् प्राधिकरण, खानेपानी, मेलम्ची आयोजना, दूरसञ्चार र सडक विभाग सबै मिलेर काम गर्नुपर्ने आवश्यक्ता छ । समन्वय र सबैले आफ्नो जिम्मेवारी समयमा नै पूरा नगरेको कारण समस्या देखापरेको छ । काठमाडौं उपत्यकाका सडकहरु मन्त्रालयअन्तर्गतका मात्रै छैनन्, महानगरका पनि कतिपय सडक छन्, उच्चस्तरीय वागमती सभ्यताअन्तर्गतका छन । सबैसँग समन्वय गरेर सडकका समस्या समाधान गर्ने, सडक चुस्तदुरुस्त बनाउने र यस प्रकारको पैदलयात्री हिँड्ने बाटो पनि ठीक ढंगले अघि बढाउने योजनामा काम गर्न खोजिरहेका छौँ,' उनले भने, 'प्रत्येक महिनाको दोस्रो हप्ताको शुक्रबार २ बजे सबै सम्बन्धित निकायका प्रमुखहरु नै बसेर समस्याका समाधानका लागि छलफल गर्ने निर्णय भएको छ । केही समय अझै लाग्छ । राज्यका निकायहरु जनताले तिरेको करबाट हामीले सेवा,सुविधा लिइरहेका छौँ । कतैबाटहेलचेक्य्राइँ र कमजोरी भएको छ भने छुट दिनेछैनौँ ।'

उपप्रधानमन्त्री श्रेष्ठले सकारात्मक सुधार गर्ने किसिमबाट काम गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेको बताए । निर्माण व्यवसायीसँग तोकिएको समयभित्र काम सक्नैपर्ने लिखित प्रतिबद्धता भएको पनि उनले बताए ।

प्रकाशित : पुस २९, २०७९ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×