२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जबराको तेस्रो दिनको बयान सुरू

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको तेस्रो दिनको बयान सुरू भएको छ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज पनि सिंहदरबारस्थित कार्यालयमा उनको बयान थालेको हो ।

जबराको तेस्रो दिनको बयान सुरू

दोस्रो दिनको बयानका क्रममा जबराले महाभियोगको प्रतिवाद गर्ने क्रममा आफैंमाथि थप अनुसन्धान गर्नुपर्ने विषय खोलेका थिए । सर्वोच्च न्यायालयको नेतृत्व गर्ने क्षमतादेखि व्यक्तिगत लाभहानिका आधारमा फैसला दिने गरेका विषयमा सांसदहरूले सोधेका प्रश्नलाई जबराका जवाफले झन् गम्भीर बनाएको थियो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि परेको रिटको सुनुवाइ गर्न आफूले चाहेजस्तो इजलास गठन गर्न नपाएको प्रसंग मात्र निकालेनन्, यसबाट ‘शालीन र दूरदर्शी’ ओलीमाथि अन्याय भएको पनि बताएका थिए ।

जबराले आफैंमाथि प्रश्न उठ्ने विषय पहिलो दिनको बयानमा पनि राखेका थिए ।

महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बुधबारदेखि बयान लिन सुरु गरेका हुन् । गत फागुन १ मा सत्तारूढ दलका ९८ सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रतिनिधिसभाले यो प्रस्तावलाई प्रक्रियामा लगेर टुंग्याउनुको सट्टा थाहै नपाएजस्तै गरेको थियो । ६ महिनापछि गत साउन २२ मा सभामुख अग्नि सापकोटाले प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाएपछि पनि समिति निष्क्रियजस्तै थियो । भदौ १ मा पहिलो बैठक बसेकोमा समितिले भदौ ८ मा भने कार्यतालिका बनाउँदै १२ दिनमा प्रतिवेदन सदनमा बुझाउने तयारी गरेको छ ।

सम्बन्धित समाचारहरू :

प्रकाशित : भाद्र १९, २०७९ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?