कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हुलाक टिकटमा मिथिला कला

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिगो विकास लक्ष्य झल्किने मिथिला चित्रकलालाई हुलाक टिकटका रूपमा जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेलगायतले बुधबार मिथिला कला भएका विभिन्न १७ हुलाक टिकट र अन्य १४ वटा टिकटहरू सार्वजनिक गरे ।

हुलाक टिकटमा मिथिला कला

दिगो विकासका लक्ष्यहरूलाई स्थानीयस्तरमा पनि बुझाउन स्वदेशी कलाको प्रयोग गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आवासीय संयोजक कार्यालयले १७ वटा दिगो विकास लक्ष्यका प्रतीक चिह्नलाई स्थानीय कलाको स्वरूपमा बनाउने काम थालेको थियो । यसैअन्तर्गत २०७१ सालमा नेपालस्थित संयुक्त राष्ट्रसंघ र जनकपुर महिला विकास केन्द्रबीचको सहकार्यपछि जनकपुरका स्थानीय महिला कलाकारहरूले चित्रहरू बनाएका हुन् । यिनै चित्रलाई हुलाक टिकटमा समेटिएको हो ।

टिकट सार्वजनिक कार्यक्रममा कार्यवाहक संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक रोबर्ट कास्काले दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न र सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरू पूरा गर्न नेपालको प्रतिबद्धतालाई चित्रहरूले प्रतिबिम्बित गर्ने बताए । हुलाक टिकटमा समावेश मिथिला चित्रकलाहरूलाई न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले सन् २०१९ मा आयोजना गरेको ‘एसडीजीहरूका लागि कला : मिथिला सम्पदा’ शीर्षकको प्रदर्शनीमा र न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित मिथिला महोत्सवमा पनि सहभागी गराइएको थियो ।

प्रकाशित : पुस १५, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?