यस्ता छन् दाहालको प्रतिवेदनमाथि छलफल गर्न बनाइएका २५ समूह- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
माओवादी महाधिवेशन

यस्ता छन् दाहालको प्रतिवेदनमाथि छलफल गर्न बनाइएका २५ समूह

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रको जारी ८औं महाधिवेशन अन्तर्गत बन्दसत्रमा अध्यक्ष पुष्कमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ वटा समूह गठन गरिएको छ।


ती समूहहरूले अहिले दाहालको प्रतिवेदन अध्ययन तथा छलफल गरिरहेका छन् । यसका लागि विभिन्न प्रदेश र जनवर्गीय संगठनहरूका छुट्टाछुट्टै समूह बनाइएको छ ।

महाधिवेशनस्थल प्रज्ञा भवनका विभिन्न हलसहित पार्टी कार्यालय र पार्टी प्यालेसमा समेत बसेर समूहहरूले प्रतिवेदनमाथि छलफल गरिरहेका छन् ।

विभिन्न समूहका लागि एमके प्रसाईं, नन्दकुमार थापा, हर्क नेम्वाङ, गणेश साह, चक्रपाणी खनाल, गायत्री गुरूङ, लक्ष्मण पन्त, विमला केसी, खगराज भट्ट, माया प्रसाद शर्मा, जगत सिंखडा, श्रीकृष्ण अधिकारी, सरल सहयात्री र विष्णु पुकार श्रेष्ठ, अमृता थापामगरलाई विभिन्न समूहका संयोजकको रुपमा तोकिएको छ ।

प्रतिवेदनमाथि छलफलका लागि अध्यक्ष मण्डलले तयार पारेका समूह यस्ता छन् :

१) जेष्ठ कम्युनिस्ट मञ्च (प्रज्ञा भवन)

२) सल्लाहकार परिषद् (प्रज्ञा भवन)

३) सल्लाहकार परिषद ( प्रज्ञा भवन)

४) प्रदेश १ क.( भानुभक्त हल प्रज्ञा)

५) प्रदेश १ ख.(भानुभक्त हल प्रज्ञा)

६) प्रदेश २ क.( पारिजात हल प्रज्ञा )

७) प्रदेश २ ख.(पारिजात हल प्रज्ञा)

८) लुम्बिनी क.(पुस्तकालय हल प्रज्ञा)

९) लुम्बिनी ख.(पुस्तकालय हल प्रज्ञा)

१०) गण्डकी क.(पेरिसडांडा )

११) गण्डकी ख.(पेरिसडांडा)

१२) प्रवास( पेरिसडांडा )

१३) कर्णाली क.(ए वान पार्टी प्यालेस )

१४) कर्णाली ख.(ए वान पार्टी प्यालेस )

१५) सुदूपश्चिम क(ए वान पार्टी प्यालेस)

१६) सुदूपश्चिम ख( ए वान पार्टी प्यालेस)

१७) विभाग क.(क्वालिटी ब्याङ्क्विट)

१८) विभाग क.(क्वालिटी ब्याङ्क्विट)

१९) उपत्यका विशेष प्रदेश (क्वालिटी ब्याङ्क्विट)

२०) सम्पर्क समन्वय क. (क्रिष्टल पार्टी प्यालेस)

२१) सम्पर्क समन्वय ख.(क्रिष्टल पार्टी प्यालेस

२२)वागमती क.(वानेश्वर ब्याङ्क्विट)

२३) वागमती ख.(वानेश्वर ब्याङ्क्विट)

२४) आयोग (काठमाडौं ब्याङ्क्विट)

२५) जवस, मोर्चा इन्चार्ज ,कार्यालय,एकता (काठमाडौं ब्याङ्क्विट)

प्रकाशित : पुस १२, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्

अब नबिलको मोबाइल बैंकिङबाट ‘खल्ती’ मा पैसा राख्न सकिने

कान्तिपुर संवाददाता

काठमाडौँ — अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले नबिल बैंकसँग सम्झौता गरेको छ । जसअनुसार नबिल बैंकका ग्राहकले नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ एप) मार्फत् खल्तीमा पैसा लोड गर्न सक्ने भएका छन् ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बैंक तथा वालेटको यो सम्झौता डिजिटल नेपालका लागि एउटा कोसेढुंगा सावित हुने बताए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकका ग्राहकलाई डिजिटल भुक्तानी सेवामा थप सहजता दिन खल्तीसँग सहकार्य गरिएको बताए ।

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक नविन पहिचान बोकेको ब्रान्ड हो । खल्ती डिजिटल वालेटबाट मोबाइल र टिभी रिचार्ज, चलचित्रको टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ्ग साइटमा भुक्तानी गर्न सकिन्छ । यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्ताको बचतमा पनि ‘खल्ती’ ले योगदान दिँदै आएको छ ।


प्रकाशित : पुस १२, २०७८ १६:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×