कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच सिरहामा झडप

भरत जर्घामगर

सिरहा — सिरहाको मिर्चैया र गोलबजारमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । कार्यकर्ता पक्राउको विरोधमा गरिएको आमहड्ताल उल्लंघन गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले सवारी साधन तोडफोड गर्न थालेपछि प्रहरीसँग झडप भएको हो ।

जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच सिरहामा झडप

प्रहरीले राजमार्ग खुलाउन खोजेपछि बन्दकर्ता झडप भएको थियो । बन्दकर्ताहरुले लाठी बोकेर जुलुस प्रदर्शन गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले मिर्चैयामा आठ सेल आश्रुग्यास प्रहार गरेको थियो ।

बन्दकर्ताहरूले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार र मिर्चैयामा उनीहरुले आइतबार पाँच वटा सवारी साधन तोडफोड गरेको प्रहरीले जनाएको छ ।

औरही गाउँपालिकाले दिएको उजुरीको आधारमा प्रहरीले किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले आइतबार सिरहा जिल्लामा आमहड्ताल गरेको छ ।


गाउँपालिकाले किसानलाई नै वितरण गर्न गहुँ बीउ गोदाममा राखेको थियो । तर, गाउँपालिकाले समयमा बीउ वितरण नगरेपछि किसानहरुले गोदामबाटै पुस ६ गते बीउ लुटेर लगेका थिए ।

गोदामबाटै बीउ लुटिएपछि गाउँपालिकाले औरही गाउँपालिका–३ का मिथिलेश यादव, तेज नारायण यादव, रामनाथ यादव र वडा नम्बर ५का सुप्रविण यादवमाथि सरकारी सम्पत्ति हिनामिना, लुटपाट सम्बन्धी अभद्र अवज्ञा मुद्दा जिल्ला प्रहरी कार्यालय सिरहामा दर्ता गराएको थियो । तीमध्ये प्रहरीले मिथिलेश यादवलाई पक्राउ गरेको थियो ।

प्रहरीमा चार जनामाथि राजनीतिक प्रतिशोध साँध्‍न मुद्दा दर्ता गराएर फसाउन खोजेको र एक किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले सिरहा जिल्ला बन्दको घोषणा गरेको थियो ।

प्रकाशित : पुस ११, २०७८ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?