कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार्यकक्षबाटै दैनिक भेटघाट गर्छु : उपसभापति गुरुङ

काठमाडौँ — कांग्रेस उपसभापति धनराज गुरुङले आफ्नो कार्यकक्षबाटै नियमित कार्यकर्ता भेटघाट गर्ने बताएका छन् । सानेपास्थित कार्यालयमा सभापतिसहित पदाधिकारीका लागि छुट्टा–छुट्टै कार्यकक्ष भएपनि नेताहरूले त्यहाँ बसेर कार्यसम्पादन गर्ने गरेका छैनन्, कार्यालयको सट्टा आफ्नो घरबाटै पार्टीका काम र कार्यकर्ता भेटघाट गर्ने चलन नै बनेको छ । तर, उपसभापति गुरुङले त्यसलाई तोडेर दैनिक कार्यालयमै बसेर काम गर्ने बताएका हुन् । 

कार्यकक्षबाटै दैनिक भेटघाट गर्छु : उपसभापति गुरुङ

उनले आफू दैनिक विहान ११ बजेदेखि ३ बजेसम्म केन्द्रीय कार्यालयमै बसेर पार्टीको काम र भेटघाट गर्ने बताए । १४ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित गुरुङले शनिबारमात्रै पदभार ग्रहण गरेका हुन् ।

‘काठमाडौंमै नरहेको अवस्थामा एउटा कुरा हो, नभए म कार्यालयमै बसेर पार्टीका काम गर्ने र नेता कार्यकर्ता साथीहरूका गुनासो सुन्नेछु,’ गुरुङले भने, ‘मैले दैनिक चार घण्टा कार्यालयमा बसेर काम गर्ने योजना बनाएको छु ।’

कांग्रेसमा केन्द्रीय समिति बैठक बाहेक नेताहरू केन्द्रीय कार्यालय नै पुग्दैनन् । प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले पाँचौपटक प्रधानमन्त्री भएपछि पार्टीका बैठक प्रधानमन्त्रीको सरकारी निवासमा नराख्ने प्रतिवद्धता जनाएका छन् । तर, पार्टीका बैठक कार्यालयमै गर्नुको सट्टा नेताका निवासमा गर्ने अभ्यास कायमै छ ।


प्रकाशित : पुस ११, २०७८ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?