१० दिनमा कांग्रेसको अन्तिम परिणाम: खस आर्यको वर्चस्व, ७९ जना नयाँ अनुहार [नामसहित]- समाचार - कान्तिपुर समाचार

१० दिनमा कांग्रेसको अन्तिम परिणाम: खस आर्यको वर्चस्व, ७९ जना नयाँ अनुहार [नामसहित]

प्रकाश धौलाकोटी

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत निर्वाचन भएको १० दिनपछि बल्ल मतगणना सकिएको छ । पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना बिहीबार सकिएपछि १३५ सदस्यीय केन्द्रीय कार्यसमिति औपचारिक रुपमा बनेको छ ।


महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय कार्यसमितिका विभिन्न पदका उम्मेदवार ४९१ मध्येबाट सभापतिमा शेरबहादुर देउवासहित १३ पदाधिकारी र ११९ सदस्य गरी १३२ जनालाई निर्वाचित गरेका हुन् ।
प्रदेश २ बाट आनन्द्रप्रसाद ढुंगाना र रमेश रिजाल भने सर्वसम्मत केन्द्रीय सदस्य निर्वाचित भए । विधानको दफा ६५ बमोजिम सभापतिका निकटतम प्रत्यासी शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बनेका छन् ।

यसरी महाधिवेशनबाट १३५ सदस्यीय केन्द्रीय कार्यसमिति बनेको छ । नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई केन्द्रीय निर्वाचन समितिले शुक्रबार प्रमाणपत्र हस्तान्तरण गर्ने जनाएको छ ।

खस आर्यको वर्चस्व

कांग्रेसले समानुपातिक समावेशी सिद्धान्तको उच्चतम अभ्यास गरेको भने पनि केन्द्रीय समितिमा खसआर्य समुदायको वर्चस्व देखिएको छ ।

समितिका १३५ जनामध्ये ७७ जना खस आर्य समुदायका छन् । समितिमा २३ जना आदिवासी जनजाति, १० जना दलित, ११ जना मधेशी, ७ जना थारु, ३ जना मुस्लिम, पिछडिएको क्षेत्रबाट २ जना र अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति १–१ जना केन्द्रीय सदस्य बनेका छन् ।

९४ पुरुष, ४१ महिला

केन्द्रीय समितिमा पुरुष ९४ जना र महिला ४१ छन् । कांग्रेसमा महिला ३० प्रतिशत, दलित ७ प्रतिशत, आदिवासी जनजाति १७ प्रतिशत, मधेशी ८ प्रतिशत, थारु ५ प्रतिशत र मुस्लिमको २ प्रतिशत प्रतिनिधित्व भएको छ ।

अब सभापति देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउनेछन् । कांग्रेस विधानको दफा २१ (१०)ले सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनुपर्ने, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखेर ३३ जना सदस्य मनोनित गर्ने व्यवस्था गरेको छ ।

सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गरेपछि कांग्रेसको केन्द्रीय समिति १६८ सदस्यीय बन्नेछ । यस आधारमा देउवाले विधानको यो व्यवस्थालाई कडाइका साथ लागू गर्दै ३३ जना मनोनित गर्दा १४ जना महिलालाई मनोनित गरेको अवस्थामा मात्रै केन्द्रीय समितिमा एक तिहाई महिला प्रतिनिधित्व हुनेछ ।

५८ प्रतिशत नयाँ अनुहार

कांग्रेसको १३ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय समिति ६४ सदस्यीय मात्रै थियो । तर यसपटक त्यसको दोब्बरभन्दा बढी अर्थात् १३४ पदको निर्वाचन भयो ।

त्यस आधारमा यसपटक नयाँ अनुहार स्वभाविक रुपमा बढ्नुपर्ने थियो । तर धेरै जसो पूरानै अनुहार दोहोरिँदा पनि केन्द्रीय समितिमा ५८ प्रतिशत नयाँ अनुहार अटाएका छन् । १३५ सदस्यीय वर्तमान केन्द्रीय समितिमध्ये ७९ जना पहिलोपटक केन्द्रीय सदस्य बनेका छन् ।

केन्द्रीय पदाधिकारीमा सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक सबै पहिलो पटक पदाधिकारी बनेका हुन् ।

उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव र उमाकान्त चौधरी पहिलोपटक पदाधिकारी बनेका हुन् ।

खुलातर्फबाट उदय शमशेर राणा, रामहरि खतिवडा, जितजङ्ग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, राजिव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, उमेशजङ्ग रायमाझी, मोहन आचार्य, कृष्णकिशोर घिमिरे, गणेश लामा र जिपछिरिङ लामा पहिलोपटक केन्द्रीय सदस्य बनेका छन् ।

विभिन्न समावेशी समूह र भूगोलतर्फबाट पनि धेरै नयाँ अनुहार केन्द्रीय समितिमा आएका छन् । कांग्रेसले केन्द्रीय समितिको आकार बढाएर विधानमै सहभागिता निश्चित गरेपछि समावेशी समूह र भूगोलबाट नयाँ अनुहारले प्रवेश पाएका हुन् ।

खस आर्य, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु, पिछडिएको क्षेत्र, अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यक समेतबाट गरी समावेशीतर्फ निर्वाचित भएका ६५ मध्ये ४९ जना पहिलोपटक केन्द्रीय सदस्य बनेका हुन् ।

महिला खुलातर्फ आरजु राणा देउवा, रमा कोइराला पौडेल, सुशिला ढकाल आचार्य र रंगमति शाही पहिलोपटक केन्द्रीय सदस्य बनेका छन् । दलिततर्फ केन्द्रीय सदस्य निर्वाचित ९ जनामध्ये मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, हरिशरण नेपाली, नृपबहादुर वड, मैकुलाल बाल्मीकी, शान्ति परियार विक र रुपा विक गरी ७ जना पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् ।

त्यस्तै, मधेशीतर्फ ९ जनामध्ये चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, विनोदकुमार चौधरी, दिनेशकुमार यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव गरी आठ जना पहिलोपटक केन्द्रीय सदस्य बनेका हुन् ।

थारूतर्फ जीवन राना, मुस्लिमतर्फ अब्दुल रज्जाक, अब्दुल सतार र जुवेदा खातुन, अल्पसंख्यकतर्फ प्रदीपकुमार सुनुवार, अपाङ्गता भएकातर्फ मदनकृष्ण श्रेष्ठ र पिछडिएको क्षेत्रबाट अर्जुनबहादुर सिंह पनि पहिलोपटक केन्द्रीय समितिमा पुगेका हुन् ।

आदिवासी जनजातितर्फ १५ मध्ये उमेश श्रेष्ठ, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा, तारामान गुरुङ, टेकप्रसाद गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती बजीमय, गंगा लक्ष्मी, माया राई, सीता राना र सुशीला थिङ गरी १२ जना पहिलोपटक केन्द्रीय सदस्य बनेका छन् ।

त्यस्तै, खस आर्यतर्फ १३ मध्ये गोविन्द बहादुर शाह, भीम पराजुली, मधु आचार्य, नारायणबहादुर कार्की, गेहेन्द्र गिरी, मञ्जु खाण, प्रतिमा गौतम, नानु बाँस्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना गरी ११ जना पहिलोपटक केन्द्रीय सदस्य बनेका छन् ।

त्यस्तै, भूगोलतर्फ ७ प्रदेशबाट ३–३ जना गरी २१ जना केन्द्रीय सदस्य बनेका छन् । जसमध्ये प्रदेश १ बाट राजीव कोइराला र महेन्द्रकुमारी लिम्बू पहिलो पटक केन्द्रीय सदस्य बनेका छन् ।

वागमती प्रदेशबाट राजेन्द्रकुमार केसी र उर्मिला नेपाल केसी, गण्डकी प्रदेशबाट ध्रुब वाग्ले, कृष्णचन्द्र पोखरेल र सरस्वती अर्याल तिवारी, लुम्बिनी प्रदेशबाट चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट राजीव विक्रम शाह र जानकी सिंह तथा सुदूरपश्चिमबाट यज्ञराज जोशी, रणबहादुर रावल र सुशीला मिश्र भट्ट पहिलोपटक केन्द्रीय समितिमा पुगेका हुन् ।

जो फेरि केन्द्रीय सदस्य बने

यसअघि पदाधिकारी भइसकेका गोपालमान श्रेष्ठ, शशांक कोइराला, अर्जुननरसिंह केसी, रामशरण महत, सुनिलबहादुर थापा र चित्रलेखा यादव फेरि केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

वर्तमान सरकारका गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै, पटक–पटक केन्द्रीय सदस्य भइसकेका र केन्द्रीय समितिमा मनोनित भएर काम गरिसकेका बलबहादुर केसी, एनपी साउद, दीपक गिरी, रमेश लेखक, शंकर भण्डारी, मोहनबहादुर बस्नेत, गोविन्द भट्टराई, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गोपाल दहित, अजयकुमार चौरसिया, रमेश रिजाल, आनन्द ढुंगाना, देवेन्द्रराज कँडेल र अमृत अर्याल लगायत नेताहरू फेरि केन्द्रीय समितिमा पुगेका छन् ।

त्यस्तै, महिलातर्फ डिला संग्रौला, पुष्पा भुसाल, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, लक्ष्मी परियार र सुजाता परियार यसअघि केन्द्रीय सदस्य भइसकेका हुन् । आदिवासी जनजातितर्फ सीता गुरुङ, चिनकाजी श्रेष्ठ र बहादुरसिंह लामा तथा खस आर्यतर्फ केशवकुमार बुढाथोकी र श्यामकुमार घिमिरे पनि दोहोरिएर केन्द्रीय समितिमा आएका छन् ।

केन्द्रीय सदस्यको नामावली

पदाधिकारी (१३ जना)

सभापति – शेरबहादुर देउवा

उपसभापति – पूर्णबहादुर खड्का र धनराज गुरुङ

महामन्त्री– गगन थापा र विश्वप्रकाश शर्मा

सहमहामन्त्री– महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्रा पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव, उमाकान्त चौधरी

केन्द्रीय सदस्य: शेखर कोइराला

केन्द्रीय सदस्यहरू

खुलातर्फ (३५ जना) – शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा, नैनसिंह महर, दिलेन्द्रप्रसाद बडु, रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजिव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजङ्ग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्णकिशोर घिमिरे ।

महिला खुलातर्फ (९ जना) – डिला संग्रौला, पुष्पा भुसाल, आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य, रंगमति शाही ।

आदिवासी जनजाति (७ महिलासहित १५ जना) – चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा, तारामान गुरुङ, टेकप्रसाद गुरुङ, सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती बजीमय, गंगा लक्ष्मी, माया राई, सीता राना र सुशीला थिङ ।

खस आर्य (६ महिलासहित १३ जना) – केशवकुमार बुढाथोकी, गोविन्द बहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की, गेहेन्द्र गिरी, मञ्जु खाण, प्रतिमा गौतम, नानु बाँस्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना ।

दलिततर्फ (४ महिलासहित ९ जना) – मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, हरिशरण नेपाली, नृपबहादुर वड, मैकुलाल बाल्मीकी, लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विक ।

मधेशीतर्फ (४ महिलासहित ९ जना) – अजयकुमार चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, विनोदकुमार चौधरी, दिनेशकुमार यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव ।

थारूतर्फ (२ महिलासहित ४ जना) – रामजनम चाैधरी, योगेन्द्र चौधरी, कल्पना चौधरी र जीवन राना ।

मुस्लिमतर्फ (१ महिलासहित ३ जना) – अब्दुल रज्जाक, अब्दुल सतार र जवेदा खातुन ।

अल्पसंख्यकतर्फ (१ जना) – प्रदीपकुमार सुनुवार

अपाङ्गता भएकातर्फ (१ जना) – मदनकृष्ण श्रेष्ठ

पिछडिएको क्षेत्रतर्फ (१ जना) – अर्जुनबहादुर सिंह


हरेक प्रदेशबाट १ महिलासहित ३–३ गरी २१ जना

प्रदेश १: अमृत अर्याल, राजीव कोइराला र महेन्द्रकुमारी लिम्बू

प्रदेश २: रमेश रिजाल, आनन्द ढुंगाना र चित्रलेखा यादव

बागमती: राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल केसी

गण्डकी: ध्रुब वाग्ले, कृष्णचन्द्र पोखरेल र सरस्वती अर्याल तिवारी

लुम्बिनी: देवेन्द्रराज कँडेल, चन्द्रबहादुर केसी र शिला शर्मा खड्का

कर्णाली: कर्णबहादुर बुढा, राजीव विक्रम शाह र जानकी सिंह

सुदूरपश्चिम: यज्ञराज जोशी, रणबहादुर रावल र सुशीला मिश्र भट्ट

प्रकाशित : पुस ८, २०७८ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा हुवावेको 'सीड्स फर द फ्युचर' कार्यक्रम सम्पन्न 

कान्तिपुर संवाददाता

काठमाडौँ — हुवावेले यस वर्षको सीड्स फर द फ्युचर (ग्लोबल फ्ल्यागसिप सीएसआर) कार्यक्रम समापन गरेको छ । स्नातक तहका विद्यार्थीहरूका लागि आयोजित उक्त कार्यक्रम नेपालमा पहिलो पटक भएको हुवावेले जनाएको छ । उक्त कार्यक्रममा ९ विभिन्न आईसीटी पृष्ठभूमिबाट आएका ८ विश्वविद्यालय र १३ शैक्षिक संस्थाका १९ विद्यार्थीले भाग लिएका थिए ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र प्रदान गरे । अक्टोबर ६ र नोभेम्बर ७ मा हुवावेले सीड्सनेपाल पोर्टलमा नेपालभरबाट १३६ आवेदनहरू प्राप्त गरेको थियो जुन सबै स्नातक विद्यार्थीहरूको लागि खुला थियो । प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि प्रतिष्ठित आईसीटी प्रोफेसरहरु मिलेर बनेको सीड्स फर द फ्युचर समितिले काठमाडौं उपत्यका बाहिरका ४ जनासहित १९ स्नातक विद्यार्थीहरूलाई छनोट गरेको थियो । ती विद्यार्थीहरूले अन्तर्राष्ट्रिय साथीहरुसँग ८ दिने अनलाइन तालिममा भाग लिए, 'टेकफर गुड प्रोजेक्ट'मा सहभागी भए । घान्द्रुकमा हुवावेद्वारा निर्मित फोरजी बेस स्टेशनको भ्रमण गरे र डिसहोम र एनसेलका उद्योग विशेषज्ञहरूका कक्षामा भाग लिए ।

अब ती विद्यार्थीहरूले 'टेक फर गुड' विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने मौका पनि पाउने छन् जहाँ उनीहरूले सामाजिक तथा वातावरणीय समस्याहरू समाधान गर्न प्रविधिको फाइदा उठाउन सक्नेछन् साथै २० हजार डलर सम्मको पुरस्कार जित्न सक्नेछन् । सीड्स फर द फ्युचर पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यसयता १३० देश र क्षेत्रका ९,००० भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिइ सकेका छन् ।


प्रकाशित : पुस ८, २०७८ १९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×