प्रकाश धौलाकोटी

धौलाकोटी गएको १२ वर्षदेखि पत्रकारितामा क्रियासिल छन् । हाल इकान्तिपुरसँग आवद्ध उनी सामाजिक तथा राजनीतिक विषयहरुमा समाचार लेख्छन् ।

प्रकाश धौलाकोटीका लेखहरु :

कांग्रेसभित्र टिकट वितरण संघर्ष उत्कर्षमा

सरकारको नेतृत्व लिइरहेको नेपाली कांग्रेसमा उम्मेदवार चयनसम्बन्धी विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले महाधिवेशनका सहयोगी नेता–कार्यकर्तालाई मात्रै टिकट वितरण गर्न खोजेको भन्दै शेखर कोइराला नेतृत्वको समूहले विरोध गरेको छ । कोइराला समूहले पार्टीभित्र सबै नेता–कार्यकर्तालाई योगदानमा आधारित भएर समान अवसर र न्यायपूर्ण व्यवहार गर्न माग गर्दै विरोध र धर्नाका गतिविधि गर्न थालेपछि कांग्रेसमा अन्तरद्वन्द्व चुलिएको हो ।

टिकट नपाउने त्रास

आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाए, अब प्रत्यक्षतर्फ उम्मेदवार चयनको रस्साकस्सी चलिरहेको छ । यही बेला सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसमा भने उम्मेदवार चयनले आन्तरिक विवाद र संघर्ष उत्कर्षमा पुगेको छ ।

गठबन्धनमा बढ्दै असन्तुष्टि : आफैंले टिकट पाए स्वीकार, नपाए विद्रोह

सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयलाई लिएर विद्रोहको स्वर चुलिँदो छ । शीर्ष नेताहरू भागबण्डा मिलाउन दिनहुँ छलफलमा छन् । तर, नेताहरूले सिट बाँडफाँटको नटुंग्याउँदै गठबन्धन दलभित्र विद्रोहीको उम्मेदवारी सुरू भएको छ । सिटको बाँडफाँट हुँदा अर्को दलबाट उम्मेदवार हुने अवस्थामा जिल्ला–जिल्लाबाट त्यसको विरोध हुने र विद्रोही उम्मेदवार हुन सक्ने देखिएको छ । खासगरी ठूला दलहरूमा नेताहरूले विद्रोहको चेतावनी दिइरहेका छन् ।

प्रत्यक्षमै ३३ प्रतिशत महिला उठाउन आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गर्दा एक तिहाइ महिला सुनिश्चित गर्न दलहरूलाई निर्देशन दिएको छ । तर, कानुनमा बाध्यकारी व्यवस्था नहुँदा प्रत्यक्षतर्फ महिलालाई न्यून संख्यामा मात्रै उम्मेदवार बनाएर समानुपातिकबाट ठूलो संख्यामा निर्वाचित गर्दै आएका दलहरूले आयोगको निर्देशन मान्ने सम्भावना कम छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सहज छैन मताधिकार

नेपालको संविधानले लैंगिकताको आधारमा मात्रै होइन, कुनै पनि आधारमा कसैलाई भेदभाव गर्न नपाइने भनेको छ । संविधानले राज्यका निकायमा अन्य वर्ग, क्षेत्र र समुदायलाई जस्तै यौनिक तथा लैंगिक अल्पसंख्यकको समावेशी प्रतिनिधित्वको समेत व्यवस्था गरेको छ । तर, यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले राज्यका निकायमा समावेशी सहभागिताको अवसर त पाएका छैनन् नै, मताधिकार समेत सहज छैन ।

प्रत्यक्ष निर्वाचनमा महिला किन पछि ?

२०४६ सालको जनआन्दोलनको जगमा बनेको २०४७ सालको संविधानले प्रतिनिधिसभा सदस्य चुनावमा दलहरूले ५ प्रतिशत उम्मेदवार महिला उठाउनुपर्ने व्यवस्था गरेको थियो । त्यति बेला राजनीतिक दलको नेतृत्वमा महिला थिएनन्, पार्टी समितिमा पनि महिला न्यून थिए । प्रतिनिधिसभामा महिलाको उपस्थिति सुनिश्चितताका लागि संविधानमा गरिएको बाध्यकारी व्यवस्थाका कारण दलहरूलाई महिला उम्मेदवार खोज्नुपर्ने अवस्था पनि बन्यो ।

कांग्रेसलाई उम्मेदवार छान्न सकस : प्रत्यक्षको सिट घट्दा समानुपातिकमा दबाब

सत्ता गठबन्धनको शीर्ष दल नेपाली कांग्रेस उम्मेदवार चयनमा व्यस्त छ । प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूसँग छलफल गरेर समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची तयार गर्ने प्रयास गरिरहेका छन् । तर, आकांक्षीको संख्या धेरै हुँदा नेताहरूलाई उम्मेदवारको टुंगो लगाउन सकस परेको छ । अझ गठबन्धनका कारण प्रत्यक्षतर्फ सिट संख्या घट्दा समानुपातिकतर्फ उम्मेदवार चयनमा दबाब परेको छ ।

मिटरब्याजपीडितको टाउकामा सरकारको लाठी

टाउकाबाट रगत बगिरहेको थियो तर नारा लगाउन छाडेका थिएनन् । ‘न्यायका लागि मर्न तयार छौं, न्याय नपाउन्जेल लडिरहन्छौं,’ मिटरब्याजी सुदखोरविरुद्ध किसान–मजदुर संघर्ष समितिका उपाध्यक्ष कुलप्रसाद थापामगर घाइते अवस्थामा पनि प्रहरीसँग झोक्किँदै नारा लगाउँदै थिए । अरू पीडितहरू पनि ‘शान्तिपूर्ण विरोधमा अवरोध गरेको’ भन्दै आक्रोशित भइरहेका थिए ।

उम्मेदवार सिफारिसमा स्वेच्छाचारिता : गुण्डा नाइकेदेखि जघन्य अपराधका आरोपितसम्म

चुनावमा कस्तो व्यक्तिलाई उम्मेदवार बनाइनुपर्छ ? मतदाताको स्वभाविक चाहना हुन्छ– राजनीतिक दलले सक्षम, इमानदार र भरोसायोग्य व्यक्तिलाई उम्मेदवार बनाऊन् । तर, मतदाताको त्यो चाहना दलहरूले निरन्तर लत्याइरहेका छन् । मतदाताको चाहनाबमोजिम सक्षम र इमानदारभन्दा पनि दल र नेताका स्वार्थ जोडिएका व्यक्तिलाई उम्मेदवार बनाउने अभ्यास कायमै छ । 

डडेलधुरामा कांग्रेस एक्लै लड्ला ?

गत २७ असारमा बसेको कांग्रेसको बैठकमा गठबन्धनको औचित्यबारे प्रश्न उठ्दा सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘गठबन्धन नगरौँ भन्ने साथीहरूको कुरा पनि ठीक छ । तर, गठबन्धनबिनै एक्लै जितेर देखाउनुपर्छ ।’ गठबन्धनको पक्ष र विपक्षमा चर्काचर्की नै भए पनि बैठकले सर्वसम्मत गठबन्धन गर्ने निर्णय गर्‍यो ।