कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

पार्टी चहार्दै गुप्ता एमालेमा प्रवेश

काठमाडौँ — जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ता विभिन्न पार्टी चहारेर एमालेमा प्रवेश गरेका छन् । मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजित कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए ।  

पार्टी चहार्दै गुप्ता एमालेमा प्रवेश

पञ्चायती व्यवस्थाबाट राजनीति सुरु गरेका ७२ वर्षीय गुप्ता ०४७ मा कांग्रेस प्रवेश गरेका थिए । ०४८ र ०५६ को संसदीय निर्वाचनमा कांग्रेसबाट निर्वाचन लडेका उनी पराजित भएका थिए । त्यसपछि उनी तत्कालीन तमलोपा प्रवेश गरे ।

०७० मा तमलोपाबाट संसदीय निर्वाचनमा उठेका उनी पराजित भए । त्यसपछि मधेसी जनअधिकार फोरममा प्रवेश गरे । ०७४ मा फोरमबाट संसदीय निर्वाचनमा उठेका उनी फेरि पराजित भए ।

०३८ र ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचन लडेका उनी त्यतिबेला पनि पराजित भएका थिए । उनको अहिलेसम्मको उपल्लो पद पञ्चायत नीति तथा जाँचबुझ समिति सदस्य हो ।

प्रकाशित : पुस ६, २०७८ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?