कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस अल्पसंख्यकतर्फ प्रदीपकुमार सुनुवार केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ — कांग्रेसको अल्पसंख्यकतर्फ प्रदीपकुमार सुनुवार केन्द्रीय कार्यसमितिको सदस्यमा निर्वाचित भएका छन् । १४ औं महाधिवेशनअन्तर्गत गत सोमबार भएको मतदानको जारी मतगणनाका क्रममा सोमबार सुनुवार निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार उनले सबैभन्दा धेरै २ हजार १७१ मत पाएर विजयी भएका हुन् । 

कांग्रेस अल्पसंख्यकतर्फ प्रदीपकुमार सुनुवार केन्द्रीय सदस्यमा निर्वाचित

अल्पसंख्यकतर्फ एक पदका लागि पाँच जना प्रत्यासी थिए । कांग्रेस ओखलढुंगाका पूर्वसभापतिसमेत रहेका सुनुवार अन्य चार प्रत्यासीलाई भारी मतान्तरसहित पराजित गरेका हुन् ।

सोही पदमा टीकाराम सुब्बा लेप्चाले १०२३, ओमप्रकाश शर्माले ५३६, प्रेमबहादुर छन्त्यालले २०६ र हरिबहादुर घलेले ६०९ मत पाएका छन् ।

अल्पसंख्यक केन्द्रीय सदस्यका लागि ४ हजार ६३५ मत खसेको थियो, त्यसमध्ये ९० मत बदर भएको थियो ।

कांग्रेसले अहिलेसम्म १३ पदाधिकारीसहित ३५ खुला सदस्यको गणना गरिसकेको छ । सोमबार खुला महिला सदस्यको पनि मतगणना भइरहेको छ ।

प्रकाशित : पुस ५, २०७८ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?