कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा नेपालमा थपिए २१८ कोरोना संक्रमित, २६३ निको, १ जनाको मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २१८ जना कोरोना संक्रमित भएका छन् । २ हजार ७२५ जनामा पीसीआर परीक्षण गर्दा २१८ जनामा कोभिड-१९ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ । यस्तै १ हजार ४१६ जनामा एन्टीजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको छ ।

२४ घण्टामा नेपालमा थपिए २१८ कोरोना संक्रमित, २६३ निको, १ जनाको मृत्यु

पीसीआर र एन्टिजेन विधिद्वारा गरिएको ४ हजार १४१ परीक्षणमा २२० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणअनुसार कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ९५४ पुगेको छ ।

२४ घण्टामा २६३ जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

सोमबार १ जना मृतक थपिएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७४ पुगेको छ । २४ घण्टाको अवधिमा ८६ हजार ५९३ जनाले खोप लगाएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ ।


प्रकाशित : पुस ५, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?