कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस आदिवासी जनजाति सहमहामन्त्रीमा देउवा समूहका आङ्देम्बे निर्वाचित

काठमाडौँ — कांग्रेस आदिवासी जनजाति सहमहामन्त्रीमा देउवा समूहका भीष्मराज आङदेम्बे निर्वाचित भएका छन् ।

कांग्रेस आदिवासी जनजाति सहमहामन्त्रीमा देउवा समूहका आङ्देम्बे निर्वाचित

प्रतिस्पर्धी विकास लामालाई ७९८ मतान्तरले हराउँदै आङ्देम्बे निर्वाचित भएका हुन् ।

विजयी आङ्देम्बेले २ हजार ७११ मत पाए भने लामाले १ हजार ९१३ मत ल्याए । तर मतपरिणाम औपचारिक घोषणा बाँकी छ ।

०७० को भएको संविधानसभा निर्वाचनमा पाँचथरको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित आङ्देम्बे संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सभापति भएर काम गरेका थिए । हाल उनी कांग्रेसको अनुशासन आयोगका संयोजक हुन् । राजनीतिक घरानाका नेता आङ्देम्बेका हजुरबुवा देउमान आङदेम्बे २०१३ माघ २३ गते पुनर्गठित टंकप्रसाद आचार्य नेतृत्वको मन्त्रिपरिषदमा अर्थ तथा मालपोत उपमन्त्री भएका भएका थिए । पराजित लामा सिन्धुपाल्चोकका पूर्वजिल्ला सभापति हुन् ।

महिला सहमहामन्त्रीमा भने महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छन् । उनी शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेकी कमला पन्तलाई हराउँदै विजयी बनेकी हुन् ।

प्रकाशित : पुस १, २०७८ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?