कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस महिला सहमहामन्त्रीमा उपाध्याय निर्वाचित

काठमाडौँ — कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी कमला पन्तलाई  ४२८ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भएकी हुन् ।  

कांग्रेस महिला सहमहामन्त्रीमा उपाध्याय निर्वाचित

डिनाले २ हजार ५३३ मत पाइन् भने पराजित भएकी पन्तले २ हजार १०५ मत पाएको निर्वाचन समितिका एक सदस्यले बताए । विजयी उम्मेदवारको औपचारिक घोषणा बाँकी छ ।

उपाध्याय देउवा पक्षबाट उम्मेदवारी दिएकी थिइन् । सहमहामन्त्रीको केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा आदिवासी जनजाति र दलिततर्फको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : पुस १, २०७८ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?