कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

काठमाडौं विश्वविद्यालयको २७ औं दीक्षान्त समारोहमा १४ सय ४९ विद्यार्थी दीक्षित 

नगेन्द्र अधिकारी

काभ्रे — काठमाडौं विश्वविद्यालय (केयू)को २७ औं दीक्षान्त समारोह अन्तर्गत प्रथम चरणमा १४ सय ४९ विद्यार्थी दीक्षित भएका छन् । स्कुल अफ आर्टस्, एजुकेसन, इन्जिनियरिङ, ल, व्यवस्थापन, मेडिकल साइन्सेज र साइन्स विधाका १२ जना पीएचडी र ३० जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका १ हजार ४ सय ४९ विद्यार्थी दीक्षित भएका हुन् । 

काठमाडौं विश्वविद्यालयको २७ औं दीक्षान्त समारोहमा १४ सय ४९ विद्यार्थी दीक्षित 

आर्टसका २ सय ३४, एजुकेसनका १ सय ४, इन्जिनियरिङका २९, लका ४०, व्यवस्थापनका ४ सय १९, मेडिकल साइन्सका ५ सय ८१ र साइन्सका ४२ जना दीक्षित भएका छन् । दीक्षितमध्ये ७ सय ४७ जना महिला छन् । कूल दीक्षित विद्यार्थीको यो ५१ दशमलव ५५ प्रतिशत हो । ७ सय २ जना पुरुष छन् ।

अमेरिका, बंगलादेश, बेनिन, निदरल्याण्ड, भारत, श्रीलंका, माल्दिभ्स, रुस लगायत देशका १ सय २३ जना विदेशी विद्यार्थी पनि दीक्षित भएका छन् । पहिलो पटक मास्टर इन पब्लिक पोलेसी र म्यानेजमेन्टमा ११ जना, मास्टर इन इनर्जी इफिसिएन्ट विल्डिङ डिजाइनमा ३ जना र मास्टर इन रिर्सच इन सिभिल इन्जिनियरिङमा २ जना गरी १६ जनालाई उपाधि प्रदान गरिएको छ ।

२०४८ सालमा स्थापना भएको विश्विद्यालयबाट हालसम्म ३६ हजार ६ सय २४ जना दीक्षित भइसकेका छन् । दोस्रो चरणको दीक्षान्त समारोह वैशाख दोस्रो साता मात्रै हुने विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर २९, २०७८ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×