२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

चाँगुनारायण नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा अख्तियारको छापा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिका र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एकैसाथ छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।

चाँगुनारायण नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा अख्तियारको छापा

खरिद र भुक्तानीमा अनियमितता गरेको आरोपमा दुवै पालिकाविरुद्ध अख्तियारमा उजुरी परेको थियो । त्यसकै आधारमा छापा मारेर कागजात नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए । दुवै पालिकाका कागजात नियन्त्रणमा लिन र स्थलगत अनुसन्धानका लागि टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयबाट विशेष टोली खटिएका थिए ।

'दुवै पालिकाबाट भएका आर्थिक प्रशासन र खरिद प्रक्रियासँग जोडिएर कागजातहरू नियन्त्रणमा लिइएको छ । बाँकी विषय थप अनुसन्धानबाट खुल्छ,' अख्तियार प्रवक्ता रिसालले भने, 'खासगरी खरिद र निर्माणसँग जोडिएका विषयमा अनियमितता भएको भन्ने सूचना र उजुरी परेको थियो । त्यसपछि केन्द्रबाटै विशेष टोली खटाइएको छ ।'

दुवै पालिकाले ५ लाखभन्दा माथिको खरिद र भुक्तानीमा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो । पछिल्लोपटक अख्तियारको वार्षिक प्रतिवेदनमा पनि स्थानीय तहहरूविरुद्ध सबैभन्दा बढी अनियमितका उजुरी परेको उल्लेख छ ।

प्रकाशित : मंसिर २८, २०७८ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?