कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७
कांग्रेस महाधिवेशन

सभापतिमा कोइरालालाई समर्थन गर्दै युवराज न्यौपानेले फिर्ता गरे उम्मेदवारी

काठमाडौँ — कांग्रेस सभापति पदमा उम्मेदवारी दिएका युवराज न्यौपानेले फिर्ता लिएका छन् । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई उनले समर्थन गर्ने भएका छन् ।

सभापतिमा कोइरालालाई समर्थन गर्दै युवराज न्यौपानेले फिर्ता गरे उम्मेदवारी

आफूले उठाएका मुद्दाका २८ वटा बुँदाहरुलाई कोइरालाले आत्मसाथ गर्ने प्रतिबद्धता गरेपछि समर्थन गर्ने निर्णयमा पुगेको न्यौपानेले पत्रकार सम्मेलन मार्फत जनाएका हुन् ।

गोरखा निवासी कोइराला तरुण दलका नेता समेत हुन् ।

न्यौपानेको उम्मेदवारी फिर्तासँगै कांग्रेस सभापतिको दौडमा शेरबहादुर देउवा,शेखर कोइराला, प्रकाशमान सिंह,विमलेन्द्र निधी र कल्याण गुरुङ छन् ।

प्रकाशित : मंसिर २६, २०७८ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×