कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्रपाद्वारा स्थानीय तह निर्वाचन परिचालन समिति गठन

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बसेको राप्रपा नवनिर्वाचित केन्द्रीय कार्यसमिति पहिलो बैठकले महामन्त्री भुवन पाठकको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो ।

राप्रपाद्वारा स्थानीय तह निर्वाचन परिचालन समिति गठन

आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै समिति गठन गरिएको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

बैठकले समान विधारधारा भएका व्यक्ति, पार्टी, धार्मिक संघ, संस्थासँग एकता र सहकार्यका लागि वार्ता गर्न अर्का महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा वार्ता समितिसमेत गठन गरेको छ । त्यसैगरी राप्रपाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको मर्यादाक्रम निर्धारण गर्नका लागि उपाध्यक्ष ध्रुवबहादुर प्रधान नेतृत्वमा समिति गठन गरेको छ । अध्यक्ष लिङ्देनले पार्टीका सबै भ्रातृ संगठनहरुलाई ३ महिनाभित्र अनिवार्य रुपमा आफ्नो अधिवेशन सम्पन्न हुनेगरी १५ दिनभित्र कार्ययोजना तथा कार्यतालिका तय गरी पार्टीमा बुझाउन पनि निर्देशन दिइएको बताए ।

पुस महिनाभित्र विस्तारित बैठक बोलाउन सबै प्रदेश समितिलाई निर्देशन दिने, राप्रपा छोडी निष्क्रिय भएका, विभिन्न पार्टीमा गएर भूमिकाविहीन भएकाहरुलाई पनि पार्टीका फर्की सक्रिय हुन पनि बैठकले आह्वान गरेको राप्रपाले जनाएको छ । त्यसैगरी बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने पार्टीका नेता, कार्यकर्तालगायतका सबैप्रति पनि आभार व्यक्त गरेको छ ।

बैठकमा अध्यक्ष लिङ्देनले महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदिशा र लक्ष्य प्राप्तिका लागि क्रियाशील हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका थिए ।



प्रकाशित : मंसिर २२, २०७८ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?