कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अन्तर्राष्ट्रिय उडानमा ६ लाखको यात्रु कोभिड बिमा अनिवार्य गरियो

काठमाडौँ — कोरोनाको ओमिक्रोन भेरियन्टबाट हुन सक्ने संक्रमण नियन्त्रण गर्न नागरिक उड्डयन प्राधिकरणले नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुसेवालाई यात्रु बिमा अनिवार्य गर्न सर्कुलर जारी गरेको छ ।

अन्तर्राष्ट्रिय उडानमा ६ लाखको यात्रु कोभिड बिमा अनिवार्य गरियो

प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली तथा विदेशी वायुसेवाले ७ दिनभित्र यात्रुहरुको प्रति व्यक्ति ५ हजार डलर (६ लाख रुपैयाँ बराबर) को यात्रा बिमा गर्न सर्कुलर जारी गरेको हो ।

नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न दुई नेपाली र १८ विदेशीसहित २० वायुसेवाले अनुमति लिएका छन् । यीनलाई प्राधिकरणले नेपालकै कम्पनीबाट यात्रुको कोभिड बिमा गर्नुपर्ने भनेको छ ।

यो बिमाले यदि कुनै उडानमा नेपाल आएका वा जाँदै गरेका यात्रुमा कोभिड देखिएमा १४ दिनको होटल क्वारेन्टाइन तथा अस्पताल भर्ना हुनुपर्ने अवस्था आइपरेमा उपचार खर्च पनि ब्यहोर्ने छ ।

‘बुधबारको मन्त्रीस्तरिय निर्णय अनुसार, कोभिड बिमाका लागि ७ दिने सूचना जारी गरेका हौं,’ उपप्रबन्धक भुलले भने, ‘यो नियम १५ डिसेम्बर (मंसिर –२९ गते) देखि अनिवार्य लागू हुने छ । उनका अनुसार, केही विदेशी वायुसेवाले यो नियम अनिवार्य गरिसकेका छन् । यात्रुले टिकट किन्दा फेयर, फ्युल सरचार्ज, एयरपोर्ट ट्याक्स जस्तै बिमाबापत केही शुल्क पनि तिर्नुपर्ने हुन्छ ।

प्रकाशित : मंसिर २२, २०७८ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×