सुरू भयो बाघ गणना - समाचार - कान्तिपुर समाचार

सुरू भयो बाघ गणना 

रमेशकुमार पौडेल

चितवन — वनमन्त्री रामसहायप्रसाद यादवले राष्ट्रिय बाघ सर्वेक्षण (गणना) कार्यको उद्घाटन गरेका छन् । आइतबार चितवन निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा आयोजना भएको विशेष कार्यक्रममा सर्वेक्षणमा प्रयोग हुने क्यामेराको स्वीच अन गरेर मन्त्री यादवले गणना सुरु भएको घोषणा गरे ।

नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा गरी पाँचवटा राष्ट्रिय निकुञ्ज र यस आसपासको वन क्षेत्रमा बाघको बसोबास छ । बाघ ओहरदोहर गर्ने क्षेत्रमा दुईतर्फ क्यामेरा रखिन्छ । क्यामेरा नाघेर बाघ वा अन्य जीव जनावर गए क्यामेरामा स्वचालित रूपमा तस्बिर कैद हुन्छ । क्यामेराले खिचेका तस्बिरहरू विश्लेषण गरेर बाघको संख्या एकिन हुन्छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार यसअघि सन् २०१८ मा भएको गणनामा देशभर २३५ भेटिएका थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले गणनामा एक हजार क्यामेरा र दुई सय ५० जना खट्ने जानकारी दिए । गणनामा ३ करोड ७० लाख रूपैयाँ खर्च हुनेछ ।

आउँदो अन्तर्राष्ट्रिय बाघ दिवस सन् २०२२ को जुलाई २९ मा नतिजा घोषणा गर्ने तयारी छ ।

प्रकाशित : मंसिर १९, २०७८ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्

पतिको कुटपिटबाट पत्नीको मृत्यु

पर्वत पोर्तेल

काँकडभिट्टा — झापाको दमक नगरपालिकामा पतिको कुटपिटका कारण पत्नीको मृत्यु भएको छ ।

दमक १० का ४५ वर्षीय पति रामकुमार लिम्बुको कुटाइबाट ४९ वर्षीया घनादेवी आचार्यको मृत्यु भएको हो । कुटपिटका कारण गम्भीर घाइते घनादेवीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

कुटपिटमा संलग्न लिम्बुलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : मंसिर १९, २०७८ १३:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×