कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसको पाहुना स्वागत तथा व्यवस्थापन समितिले पायो पूर्णता

रासस

काठमाडौँ — नेपाली कांग्रेसको ‘१४ औँ महाधिवेशन स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति’ले बुधबार पूर्णता पाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको गत कात्तिक २८ गते सम्पन्न बैठकले १४औँ महाधिवेशन सम्पन्न गर्न सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा सो समिति गठन गरेको थियो ।

कांग्रेसको पाहुना स्वागत तथा व्यवस्थापन समितिले पायो पूर्णता

समितिमा पार्टीका केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, अम्बिका बस्नेत, मिन विश्वकर्मा, चिनकाजी श्रेष्ठ, डा डिला सङ्ग्रौला सदस्य रहनुभएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

यसैगरी समितिमा आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे र आनन्द (गोरख) विष्ट तथा सांसद दिव्यमणि राजभण्डारी, संविधान सभा सदस्य राजीवविक्रम शाह, डा प्रभु बुढाथोकी, पूर्वराजदूत डा दिनेश भट्टराई, सुशील नाहटा, दीपक महत, याङ्किला शेर्पा, आङ्छिरिङ शेर्पा र रामशरण थपलिया सदस्य रहेका छन् ।

प्रकाशित : मंसिर १५, २०७८ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?