एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक मंसिर २५ र २६ गते काठमाडौंमा- समाचार - कान्तिपुर समाचार

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक मंसिर २५ र २६ गते काठमाडौंमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक मंसिर २५ र २६ गते काठमाडौमा हुने भएको छ । पूर्ण बैठकमै स्थायी कमिटी, पोलिटब्युरो गठन, जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनयन सम्बन्धी प्रस्ताव आउने छ ।

एमालेको दशौं केन्द्रीय कमिटीको नवनिर्वाचित सदस्यहरुको बैठक शपथग्रहणलगत्तै सौराहा बसेको थियो । एमालेमा ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो हुन्छ । एमालेको दशौं महाधिवेशनले १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यहरु निर्वाचित गरेको छ।

प्रकाशित : मंसिर १५, २०७८ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्

जो बनिन् एकदिने अध्यक्ष

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्लाहीको पर्सा गाउँपालिका–५ पर्साकी १६ वर्षीया अञ्जली साह गाउँपालिकाको एकदिने अध्यक्ष बनेकी छन् । १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानका क्रममा उनी अध्यक्ष बनेकी हुन् । वाग्मती सेवा समाज सर्लाहीले अञ्जलीलाई मंगलबार अध्यक्ष बन्ने मौका जुराइदिएको थियो । 

गाउँपालिका अध्यक्ष किशुनदेव रायले अञ्जलीलाई पदभार ग्रहण गराए । उनले यस्ता कार्यक्रमले किशोर तथा किशोरीलाई लैंगिक हिंसाविरुद्धको अभियानमा टेवा पुग्ने बताए । अञ्जलीले शिक्षा, स्वास्थ्य र सडकमा पछाडि परेको गाउँपालिकामा नयाँ योजनाका साथ अगाडि बढ्नुपर्ने बताइन् ।

नयाँ योजना कार्यान्वयनमा सबै पक्षले सहयोगी भूमिका खेल्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । उनले नमुनाको रुपमा कार्यपालिकाको समेत बैठक बसाउनुका साथै आफू अध्ययनरत विद्यालय र स्वास्थ्य संस्थाको अवलोकन गरेकी थिइन् ।

‘गाउँपालिकाको विकासको निम्ति शिक्षा, स्वास्थ्य र सडकको विकासलाई प्राथमिकतामा राख्नुपर्छ, यी सर्व विकासका पूर्वाधारहरू हुन्,’ उनले भनिन् । अञ्जली पर्साको श्री पब्लिक माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छिन् ।

प्रकाशित : मंसिर १५, २०७८ ०८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×