कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घनश्याम भूसालले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौँ — नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्रबाट सर्वसम्मत भन्दै नामावली प्रस्ताव गरिए पनि नेता घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । आइतबार राति केपी शर्मा ओलीले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीको नामावली प्रस्ताव गरेका थिए ।

घनश्याम भूसालले दिए उपाध्यक्षमा उम्मेदवारी

तर उक्त प्रस्तावित कमिटीमा भूसाल पदाधिकारीमा अटाएका छैनन् । उनले सोमबार बिहानै उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् । भूसालले यसअघि नै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका थिए ।

शनिबार रातिको प्रस्ताव अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित ७ जना उपाध्यक्षमा युवराज ज्ञवाली अष्टलक्ष्मी शाक्य सुरेन्द्र पाण्डे रामबहादुर थापा विष्णु पौडेल र सुवास नेम्वाङ छन् । त्यस्तै ३ जना उपमहासचिवमा प्रदीप ज्ञवाली,पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाललाई प्रस्ताव गरिएको छ । सात जना सचिवमा टोपबहादुर रायमाझी, छवीलाल विश्वकर्मा, लेखराज भट्ट, रघुविर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छन् ।

यसअघि नै नेता भीम रावलले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । यस्तै भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । केपी ओलीले सर्वसम्मत नेतृत्वको घोषणा गर्न खोजिरहँदा भूसाल, रावल र आचार्यसहित अरु नेताहरूले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

ओलीको मत विपरीत रावल र भूसालले लोकतान्त्रिक पद्दतिमा नेतृत्व चयन गर्नुपर्ने बताउँदैआएका छन् । ओलीले भने सहमतिको सूची सार्वनजनिक गर्दै चित्त नबुझ्नेहरूले चुनावमा उठ्न पाउने प्रतिक्रिया दिएका थिए ।

प्रकाशित : मंसिर १३, २०७८ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?