कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस वाग्मती प्रदेश सभापतिमा बानियाँको उम्मेदवारी घोषणा 

रासस

काठमाडौँ — नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले वाग्मती प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही मङ्सिर १६ र १७ गते हेटौँडामा हुने प्रदेश अधिवेशनमा कांग्रेस नेता बानियाँले सभापति पदमा उम्मेदवारी घोषणा गरी तयारी अघि बढाएका हुन् । 

कांग्रेस वाग्मती प्रदेश सभापतिमा बानियाँको उम्मेदवारी घोषणा 

सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता बानियाँले प्रदेशका १३ वटै जिल्लामा कांग्रेसको संगठन चुस्तदुरुस्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । सकेसम्म सहमतिबाटै नसके निर्वाचनबाट भए पनि आफू सभापति बन्ने उनले दाबीसमेत गरे । उनले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता कृष्ण सिटौलालगायत शीर्ष नेतृत्वसँग सहमति जुटाउनका लागि छलफल भएको पनि बताए । उनले आन्तरिक ढङ्गले छलफललाई अघि बढाउनुका साथै प्रदेश समितिमा सबै क्षेत्र र वर्गको प्रतिनिधित्व हुने गरी खाका तयार गरिरहेको उल्लेख गरे ।

प्रकाशित : मंसिर १२, २०७८ २२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?