१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

निर्मला कुर्मी बेपत्ता प्रकरण : आरोपित हाजिरी जमानीमा छुटे 

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगर–१७ परस्पुरकी निर्मला कुर्मीलाई बेपत्ता पारी करोडौं मूल्यको जग्गा हडपेको आरोपमा पक्राउ परेका ८ जना सरकारी वकिलको कार्यालयमार्फत आइतबार हाजिरी जमानीमा छुटेका छन् । 

निर्मला कुर्मी बेपत्ता प्रकरण : आरोपित हाजिरी जमानीमा छुटे 

‘सरकारी वकिल कार्यालय मार्फत हाजिरी जमानीमा छुट्नुभएको हो । हुलाकबाट थप जाहेरी परेकाले अनुसन्धानमा लागेका छौं । जाहेरीमा नाम उल्लेख नभएका चार जनाको नाम समावेश गरेर ल्याउनुभएको छ,’बाँकेका डीएसपी मधुसुदन न्यौपानेले भने, ‘२१ दिन हिरासतमा राख्यौं अब अर्को जाहेरी अनुसार अनुसन्धान सुरु गर्छौं । ’

रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ६ जनालाई प्रहरीले २१ दिन अघि पक्राउ गरेको थियो । तीमध्ये बादशाह कुर्मी र आरोपित ८० वर्षीय कुबर बब्बन सिंहलाई भने अदालतले उमेर हदम्यादका कारण साधारण तारिखमा छाडेको थियो । ‘आदलतम पुर्याउनु मुद्दा प्रहरीले हाजिरी जमानीमा छाडियो,’अधिकार्मी रुबी खानले भनिन्,‘ सरकारी वकिल कार्यालयलाई अगाडि सारेर प्रहरीले अपराधीलाई उन्मुत्ती दिने काम गर्यौं । ’

निर्मला कुर्मीको बेपत्ता अपहरण तथा शरीर बन्धक गरी हत्या गरिएको भन्दै २० चैत २०७७ मा ८ जनाविरुद्ध किटानी जाहेरी परेको थियो । अभियुक्तमध्ये पूर्वसभासद बादशाह कुर्मीले भदौ १० मा आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर बयान दिएका थिए । उनी त्यतिबेलै हाजिरी जमानतमा छुटेका थिए । बेपत्ता भनिएकी निर्मलाको साढे ४ बिघा घरजग्गा भूमाफियाले किर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य भेटिएपछि प्रतिवेदनमा दोषी पक्राउ गर्न सुझाव दिइएको थियो ।

गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मी नेतृत्वले गृहमन्त्री बालकृष्ण खाँणसमक्ष प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा निर्मलाको जग्गा भूमाफियाले चलखेल गरी हडपेको उल्लेख छ । २०६६ सालदेखि बेपत्ता भनिएकी निर्मलाको करोडौं पर्ने जग्गा हिनामिना भएको थियो । २०७७ मा महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालका नामबाट धनसम्पत्तिका लागि निर्मलाको अपहरण गरी हत्या गरेको आरोपमा बादशाह कुर्मी,रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, कुवर बब्बन सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

प्रकाशित : मंसिर १२, २०७८ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?