कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा थपिए १५४ कोरोना संक्रमित, ३४२ जना निको

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १५४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ६ हजार ६०४ जनामा पीसीआर परीक्षण गर्दा १५४ जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा थपिए १५४ कोरोना संक्रमित, ३४२ जना निको

२ हजार ३१४ जनामा एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको मन्त्रालयद्वारा जारी विवरणमा छ । यस्तै, २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २० हजार ८७८ जना संक्रमित भएका छन् । यस्तै, ८ लाख २ हजार ३८९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत छ । हालसम्म संक्रमणबाट ११ हजार ५२३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ रहेको छ । यस्तै, ९८ जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित : मंसिर १२, २०७८ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?