कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिल्ला अधिवेशन नसकिए पनि प्रदेशमा रोकिँदैनः कांग्रेस निर्वाचन समिति

काठमाडौँ — नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला तहको अधिवेशन अहिले भइरहेको छ । जवकि प्रदेश अधिवेशनका लागि अब ४ दिन मात्रै बाँकी छ । जिल्ला अधिवेशन नसकिए प्रदेश महाधिवेशन हुने कि नहुने भनेर नेता कार्यकर्तामा अन्योल भइरहेका बेला केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशनका कारण प्रदेश अधिवेशन नरोकिने स्पष्ट पारेको छ ।

जिल्ला अधिवेशन नसकिए पनि प्रदेशमा रोकिँदैनः कांग्रेस निर्वाचन समिति

शनिबार बसेको समितिको बैठकले तोकिएकै मितिमा प्रदेश अधिवेशन पूरा गर्ने गरी तयारी अघि बढाएको हो । समितिका सदस्य गोपालकृष्ण घिमिरेले जिल्ला अधिवेशन नसकिए पनि प्रदेश महाधिवेशन नरोकिने बताए ।

‘हाम्रो प्राथमिकता जिल्ला अधिवेशन होइन । प्रदेश र केन्द्रीय महाधिवेशन हो । त्यसैले जिल्ला अधिवेशन नसकिए पनि प्रदेश अधिवेशन रोकिँदैन,’ उनले भने ।

संवैधानिक व्यवस्थाका कारण कांग्रेस मंसिर मसान्तभित्र आफ्नो प्रदेश र केन्द्रीय कार्यसमितिका पदाधिकारीको चुनाव गरेर त्यसको विवरण निर्वाचन आयोगमा बुझाइसक्नुपर्छ । निर्वाचन समितिले मसान्तभित्रै पदाधिकारीको मतपरिणाम आइसक्ने गरी निर्वाचन कार्यक्रमको तयारी अघि बढाएको छ ।

‘हामीसँग समय कम छ, त्यसैले अब त उपाय नै छैन । महाधिवेशन त गर्नैपर्ने अवस्था छ,’ घिमिरेले भने । उनले मंसिर २१ गते नै मनोनयन दर्ता भएर निर्वाचनको प्रक्रिया अघि बढाइने बताए ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने कार्यतालिका छ । २४ गते उद्घाटन भएपछि २५ गते नै मतदान गर्ने गरी तयारी भइरहेको समितिले जनाएको छ । केन्द्रीय महाधिवेशनअघि १६ र १७ गते प्रदेश महाधिवेशन हुदैछ । हालसम्म ३५ बढी जिल्लामा अधिवेशन भएको छ ।

प्रकाशित : मंसिर १२, २०७८ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?