कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

जाजरकोटमा बस दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते

हरिहरसिंह राठौर

जाजरकोट — आइतबार बिहान दुई बजे कुदु बराहचौकनजिक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

जाजरकोटमा बस दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते

नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो ।

जाजरकोटका प्रहरी डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । मृत्युु हुनेहरुमा नलगाड–३ करुवाका शेरबहादुर परियार, आठबिसकोट–४ की ४ वर्षीया दिव्या शाही र सप्तरी राजविराज नगरपालिका–१ घर भइ दिपेन्द्र आधारभूत विद्यालय सक्ला जाजरकोटमा कार्यरत गगाराम यादव छन् ।अन्य दुई जनाको सनाखत भइसकेको छैन ।


घाइते रहेका २७ जनालाई प्रहरीले आफ्नै दुई वटा गाडीमा र अन्य बसमा उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा ल्याएको डिएसपी थापाले बताए । राति बस दुर्घटना भएका कारण उद्धारमा ढिलाई भएको उनले बताए ।


प्रकाशित : मंसिर १२, २०७८ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?