२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

संसद् विघटनसँगै संविधान र गणतन्त्र उल्ट्याउने ओलीको षड्यन्त्र थियो : दाहाल

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई पटक संसद् विघटन गर्ने तत्कालीन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संविधानसँगै गणतान्त्रिक व्यवस्था उल्ट्याउने षड्यन्त्रको अंगका रूपमा अगाडि आएको बताएका छन् ।

संसद् विघटनसँगै संविधान र गणतन्त्र उल्ट्याउने ओलीको षड्यन्त्र थियो : दाहाल

माओवादीको पालिका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै दाहालले ओली देशभित्र र बाहिरका शक्तिसँग मिलेर षड्यन्त्रमा लागेको बताए । 'प्रतिनिधिसभा विघटन गरेर संविधानसँगै गणतन्त्र, संघीयता, समावेशिता र समानुपातिक व्यवस्था उल्ट्याउने षड्यन्त्र थियो । यो ओली गुटको मात्रै थिएन उनलाई देशभित्र र बाहिरका प्रतिक्रियावादीले साथ दिएका थिए । संसद् विघटन संविधान उल्ट्याउने षड्यन्त्रको अंग थियो,' उनले भने ।

ओलीले तत्कालीन नेकपामा अल्पमतमा परेपछि विदेशी शक्तिका साथै मुलुकका संवैधानिक निकायहरूको दुरुपयोग गरेको दाहालको भनाइ थियो । 'वैदेशिक शक्तिका साथै देशभित्रका संवैधानिक निकायहरूको दुरुपयोग गरेर पार्टी विभाजनको कृत्रिम नाटक गरियो । दुईवटा पार्टी फेरि पुरानै ठाउँमा गएको भनियो,' दाहालको भनाइ थियो ।

२०७५ सालमा माओवादी र एमालेबीच एकता हुँदाका बखतको समझदारी ओलीले अस्वीकार गर्दा समस्या उत्पन्न भएको पनि दाहालले बताए । 'दुवै अध्यक्षले देश र पार्टीको नेतृत्व आधा-आधा हुने समझदारी गरिएको थियो । त्यो सहमतिबाट ओली गुट बाहिर गएपछि समस्या भएको हो,' दाहालले भने ।

प्रकाशित : मंसिर ११, २०७८ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?