कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले महाधिवेशनसंगै चितवनमा सवारी अस्तव्यस्त

काठमाडौँ — नेकपा एमालेको १०औं महाधिवेशनका कारण चितवनको विभिन्न स्थानका सडकमा सवारी जाम बढेको छ । दिउँसो नारायणी नदी किनारमा भएको महाधिवेशन उद्घाटन समारोहमा उपस्थित भएका कार्यकर्तासहित आम मानिसहरू साँझ घर फर्कनै लाग्दा विभिन्न सडकखण्डमा सवारी व्यवस्थापन अस्तव्यस्त बनेको हो ।

एमाले महाधिवेशनसंगै चितवनमा सवारी अस्तव्यस्त

नेकपा एमालेको १०औं महाधिवेशनको उद्घाटन समारोह सकिएसंगै चितवनको विभिन्न स्थानका सडकमा सवारी जामले आवतजावतमा कठिनाइ भएको छ । जसले गर्दा हजारौं यात्रु प्रभावित बनेका छन् ।

दिउँसो नारायणी नदी किनारमा भएको महाधिवेशन उद्घाटन समारोहमा उपस्थित भएका कार्यकर्तासहित आम मानिसहरू साँझ घर फर्कनै लाग्दा विभिन्न सडकखण्डमा सवारी आवागमन अस्तव्यस्त बनेको हो ।

भरतपुर विमानस्थल हुँदै पूर्वी चितवनस्थित टिकौली जंगलसम्म सवारी जामका कारण आवतजावतमा कठिनाइ भएको छ । स्थानीयहरूका अनुसार नारायणगढदेखि गैंडाकोटसम्म सवारी चापका कारण घण्टौँसम्म सवारी गुड्नसमेत सकिरहेका छैनन् ।

उचित रुपमा ट्राफिक व्यवस्थापन हुन नसक्दा चितवनमा शुक्रबार साँझ सवारीको अवस्था अस्तव्यस्त बनेको हो । जसले गर्दा चितवनबाट मुग्लिनतर्फ जाने सडक खण्ड पनि प्रभावित बनेको छ । सवारी आवतजावतमा समस्या भएपछि थुप्रै सडकमा यात्रुहरू पैदल हिँडेरै गन्तब्यतर्फ जाँदै गरेका देखिन्छन् ।

यद्यपि एमाले महाधिवेशनलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सवारी आवागमन व्यवस्थित बनाएको जनाएको थियो । एमालेका नेताहरूले भने महाधिवेशनस्थलबाटै लाखौं मानिसहरू कार्यक्रममा उपस्थित भएको दाबी गरेका थिए । साथै सडकको कठिनाइका कारण सबै मानिस कार्यक्रमस्थलमा समेत उपस्थित हुन नसकेको बताइएको थियो ।

महाधिवेशनमा मन्तब्य दिनका लागि काठमाडौंबाट चितवन गएका जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले त गैंडाकोट पुगेको ३ घण्टापछि मात्रै कार्यक्रमस्थल पुग्न सम्भव भएको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित : मंसिर १०, २०७८ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?